-
विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा
समाचार
काठमाडौँ, २९ असोजः विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले ‘डिजिटल’ विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण तथा विज्ञापनसम्बन्धी कानुन सुधारलगायतका विषयलाई प्राथमिकतामा राखेको छ । बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पेस गर्नुभएको वार्षिक प्रतिवेदनमा राष्ट्रिय विज्ञापन नीति, २०८३ कार्यान्वयन गर्दै विज्ञापन क्षेत्रको संस्थागत सुदृढीकरण, भ्रामक विज्ञापन नियन्त्रण, विज्ञापन प्रतिष्ठान स्थापनाको तयारी र सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने योजना समेटिएको छ…
-
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
समाचार
सन्तोष गौतम/रासस म्याग्दी, २९ असोजः नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले घरबास बगाएपछि उनीहरूको दसैँ खल्लो बनेको छ…
-
भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य , तत्काल एक लाख नगद प्रदान गरिँदै
समाचार
काठमाडौँ, २९ असोजः नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गर्नुभएको थियो । यसका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच बाढीको प्रतिकार्य, पुनःलाभ तथा…





























































