प्रवासमनोरञ्जनयुके विशेष

बेलायतमा शनिबार जीआरएनसीले ‘भिक्टोरिया डे-२०२५’ भब्य रूपमा सम्पन्न गरेको छ

लन्डन । हरेक बर्ष ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले रानी भिक्टोरियाको सम्झनामा मनाउंदै आईरहेकोमा यो बर्ष शनिबार ७ जुन अल्डरशटमा ‘भिक्टोरिया डे’ भव्य रूपमा सम्पन्न गरेको सम्योजक जित मेयाङ्बोले जानकारी दिएका छन् ।

रश्मोर क्षेत्रको अति आकर्षक कार्निभल रानी भिक्टोरिया दिवसमा स्थानिय लगायत सबै देश बिदेशका समुदायले आ-आफ्नो सास्कृतिक पहिचान सहितको र् परेड र्याली हेर्न पाउंदा अत्यन्तै रमाईलो र शिक्षा मुलक रहेकोे थियो।

परेडमा स्थानीय स्कुलहरु, चाइनिज एसोसिएसन अफ वोकिङ, स्थानीय चर्च, अल्डर्शोट लाइन क्लब, आर्मी क्याडेट फोर्स, रश्मोर मुस्लिम एसोसियसन लगायत नेपाली समुदायका बिभिन्न संघसंस्था, गुल्मी नौमती बाजा, जिआरएनसी अन्तर्गत तमुधी, किरात राई यायोख्खा, मगर संघ, किरात याक्थुम चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ, बिसीसी युके, पासा पुछ गुठी युके, मद्दत समूह, आमा समूह, एसियन महिला (आ मा) लगायत दुई दर्जन संघ सस्थाक‍ो सहभागिता रहेको थियो। कार्निभलमा नेपाली मुलको विभिन्न मौलिक संस्कार, संस्कृति र पहिचान झल्काउने लुगा, गरगहना, बाजा र नृत्यसहितको मौलिकता रहेको थियो। नौमती धुन, पासा पुछ गुठी युकेको बाजा साथै च्याम्रुङ, सोरठी, भजन, घाटु, कौडाको साथ नेपाली झाँकी प्रदर्शन भएको थियो ।

कार्यक्रम बिहान १० देखि दिउँसो ४ बजेसम्मको थियो । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो।

जीआरएनसी यूके सन् २००३ मा स्थापना भएको हो भने यस पटक पहिलो महिला अध्यक्ष लिला सेलिङ माबोको नेतृत्वमा भिक्टोरिया डे मनाइएको थियो।

अल्डर्शोट नेपाली हरुको बाक्लो बस्ती भएकोले यहि बाट नै नेपाली कल्चर पहिचान प्रदर्शनको साथ उदाहरण सहित जन्मभूमि नेपालको निम्ति पर्यटन प्रवर्द्धनमा केही टेवा पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष माबोको भनाइ छ । सबै सहभागी नेपाली जनसमुदाय र सहयोग गर्नुहुने सबैलाई अध्यक्षले प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Related Articles

Back to top button