लिम्बुवान नागरिक समाज युकेको पहलमा बिगेसोले गरे अन्तरक्रिया

सिक्कुम फुरुम्बाे ‘चरपे’,
लिम्बुवान नागरिक समाज युकेको संयाेजनमा ८ जुन २०२३ गतेका दिन गोर्खा भुर्तपुर्व सैनिक संगठन (बिगेसो) काे बारेमा सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डको सभाहलमा अन्तरकृया कार्यक्रम गरिएकाे छ ।
गाेर्खा भुतपुर्व सैनिक संगठन बिगेसोका केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बुको प्रमुख उपस्थितीमा अन्तरकृया गरिएको हो ।
अन्तर्कृया कार्यक्रममा बिगेसोका केन्द्रीय काेषध्यक्ष टंक येङदेन, युकेका कार्यवाहक अध्यक्ष दिल सम्वाहाङफे, सचिव लिम्बू किरात याक्थुङ चुम्लुङ युकेका पुर्व उपाध्यक्ष गणेश इजम, पहिचानवादी माेर्चा युकेका सहसंयाेजक विजय लुङफुङवा, लिम्बुवान नागरिक समाजका सल्लाहकार लोकेन्द्र तवेबुङ, किरात याक्थुङ चुम्लुङ आस्फाेर्डका अध्यक्ष सुन्दर लिङथेप लगायत आस्फाेर्ड बासीहरुकाे उपस्थितीमा कार्यक्रम संचालन गरिएकाे हाे ।
यस गाेर्खा भुतपुर्व सैनिक संगठन बिगेसोले बिगत लामो समय देखि गाेर्खाजहरुको हकहितकाे, समान्ता र नागरिता निरन्तर्ताको लागि आन्दाेलन गर्दै आएको छ । १९४७ काे असमान त्रिपक्षीय सम्झाैताले गाेर्खाजहरु माथी भएका अन्याय, बिभेद, असमान्तालाई अन्त्य गर्न २०७४ साल असार २६ गतेका दिन नेपालको सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेकाे उक्त रिट निवेदन अदालतले २०७९ साल माघ २४ गतेका दिन विपक्षी नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको लिम्बुले बताउनु भयाे ।
अध्यक्ष लिम्बु केही महिना देखि युकेको विभिन्न ठाउँमा बिगेसो उठाएका मुद्वा हाल भईरहेको क्रियाकलापहरुको बिषय लिएर कार्यकर्ता र विभिन्न समाजिक संघ, संस्थाका प्रतिनिधीहरुसंग भेटघाट अन्तर्कृया गर्दै आउनु भएको छ ।
अन्तरकृर्या छलफल कार्यक्रमको अध्यक्षता लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेमले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन संस्थाका सचिव लाहाङ चेम्जाेङले गर्नु भएकाे थियाे ।