वेलायतमा सिरुबारीको वार्षिक भेला सम्पन्न

लण्डन। गत २९ जुन २०२५ आईतबारको दिनमा सिरुबारी पहिलो पर्यटन गाउँको गाउँले भेला साउथ ईष्ट लन्डनको प्लमस्टेड कमनमा सम्पन्न भएको छ ।
सिरुबारीको क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन भएको यस भेलामा व्यस्त लण्डनको शहर छिचोल्दै विभिन्न ठाउँबाट सिरुबारी बासीहरू यस ठाउँमा जम्मा भएका थिए । सो भेटघाट कार्यक्रममा सिरुबारी गाउँको जगदीश गुरुङ सोँपाल समाज यु के को अध्यक्ष, डेबिड गुरुङ एन आर एन एको प्रमुख संरक्षक र विजय बहादुर गुरुङ एन आर एन ए युकेको आई सि सि सदस्य भएको उपलक्षमा खुशीयाली मनाउँदै सिरुबारी गाउँद्वारा फेटा र खादा लगाईदिएर सम्मान गरिएको थियो ।
एक अर्कासँग भलाकुसारी गर्दै घर गाउँको संस्कार र रीति थितिहरू जगेर्ना गर्न, साथै परदेशमा बस्दा भावी पुस्तालाई हस्तान्तरण गर्ने विभिन्न संस्कारित कुराहरू लगायत आफ्नो पुर्खौली गाउँ ठाउँ र त्यस भेगलाई कसरी माथि उठाउन सकिन्छ आदि कुराहरूमा वृहत छलफल भएको थियो । यद्यपि व्यस्त शहर लण्डनमा आसारको १५ को दिनमा भएको यस भेलामा संख्यात्मक हिसाबले सहभागिता कम भए तापनि उपस्थित सबैजनाले दिलोज्यानले उत्साहका साथ छलफलमा भाग लिएका थिए ।
सो भेलाको निर्णय अनुसार डेबिड गुरुङलाई सिरुबारी प्रथम पर्यटकीय गाउँ यु के को अध्यक्ष, नवराज गुरुङलाई उपाध्यक्ष र धन बहादुर गुरुङलाई सचिवको पदमा चयन गरिएको थियो ।