१२औ पान्चथर कप बी वाइ एन सीले बिजय हासिल गरे

लन्डन, हन्स्लो ३ मे २०२५ सनिवारका दिन पान्चथर समाज सेवा युकेद्वारा प्रत्येक वर्ष खेलाउदै आएको १२औ पान्चथर कप बी वाइ एन सीले हात पारेको छ। १२औ पान्चथर कप बी वाइ एन सीले फाइनल खेलमा क्यु जी सिग्नल्सलाई 0 का बिरुद्ध १ गोल स्कोर गरि बिजय हासिल गरेका थिए। मेन टिम समुहमा बी वाइ एन सि टिमबाट राहुल लिम्बुले अत्यधिक स्कोर गरे भने सोहि टीमबाट उत्कृस्ट खेलाडी रोनाल्ड राई छानिए। बिजय टिमलाइ पान्चथर कप, १२०० सय पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्रदान गरेका थिए।
उक्त प्रतियोगिता तिन समुहमा खेलेका थिए। मेन टिम, भेटेरेन र सुपर भेटेरेन टिम। सुपर भेटेरेन समुहमा इलाम एफ सीलाई १-0 गोल स्कोर गरि स्यान्डहर्स्ट एफ सी बिजय भए। टप स्कोरर इलाम एफ सि टीमबाट बिसाल राई भए भने उत्कृस्ट खेलाडी पनि इलाम एफ सिबाट नै हेमकर्ण राइ बने।
भेटेरेन समुहमा इलाम एफ सीलाइ २ -१ गोल स्कोर गरि धरान ११ ले बिजय हासिल गरे। टप स्कोरर धरान ११ टीमबाट सुबर्ण लिम्बुले अत्यधिक गोल गरे भने उत्कृस्ट खेलाडी पनि सोहि टिमबाट खेम पुन छानिए। तिन समुहमा बिभाजित फुटबल प्रतियोगितामा जम्मा ३३ टिमले भाग लिएका थिए। तिनै समुहका बिजय टीमलाइ कप नगद र इन्डिभिजल ट्रफी पुरस्कार पाएका थिए भने उप बिजेताहरुले नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेका छन। खेल सुरु भएको मध्यान्तरमा जन्मभुमी नेपाललाइ सम्मान र स्मरण गर्दै नेपालको रास्ट्रीय गित र बेलायतको नेस्नल एन्थम बजाउदै प्रमुख अथिती मोहन नेम्बाङ र अध्यक्ष शान्ती लिम्बुले सङ्युक्त रुपमा दिप प्रजलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए। बरिस्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङले स्वागत मन्तब्य् राखेका थिए। कार्यक्रममा प्रमुख अथिती मोहन नेम्बाङ्ले उपस्थित खेलाडिहरुलाइ हार्दिक धन्यबात दिदै पाचथर समाज सेवा युके लाई आउदो वर्षहरुमा पनि यसरी नै उतरोतर प्रगतिको हार्दिक सुभकामना मन्तब्य राख्नु भएको थियो। प्रतियोगिता सङ्योजक प्रताप तामाङ र सङ्स्थाका अध्यक्ष शान्ती लिम्बुले उपस्थित सम्पुर्ण अथितिहरु, खेलाडी, दर्शक, प्रतियोगिता सन्चालनमा खटिनु भएका कार्य समिति अफिसियल र पुरस्कार प्रायोजकलाइ धन्यबाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए। शान्ती लिम्बुको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा अन्य अथितिहरु, किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला लिम्बु, समाजसेवी नर कुमारी लिम्बु, किरात राई यायोक्खा युकेकी अध्यक्ष आशा राई, तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ, गोर्खा मेडियाका प्रबन्धक निर्देशक मिलन तमु गुरुङ, नेपाल आदिबासी जनजाती महासङघ युकेका अध्यक्ष मेजर रिटायर्ड योगेश राई, सुनुवार समाज सेवा युकेका अध्यक्ष आकाश सुनुवार, सङ्घिय लोकतन्त्र समाजिक मन्च युकेकी अध्यक्ष सर्मिला याक्सो, वोकिङ गोर्खा भेटेरेन कम्युनिटिका अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड इस्वोर आङ्बुहाङ, एभेरेस्ट गोर्खा सर्भिसका प्रोप्राइटर गोकर्ण चोङ्बाङ, लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेन, मगर संघ युकेका युवा सङ्योजक दिपक थापा मगर, बिस्व नेपाली साहित्य महासङघ बेलायतबाट लाल सुन्दर राई, खोटाङ समाज सेवा युकेका उपाध्यक्ष राजन धन राई, इलाम सोसाइटी युकेका अध्यक्ष टेकबिर राईको उपस्थिती रहेको थियो। औपचारिक कार्यक्रम महासचिव लाहाङ चेम्जोङले सन्चालन गरेका थिए भने प्रतियोगिता सन्चालन भगिरथ जबेगु, कोषाध्यक्ष सिखर लिम्बु र को-ओर्डिनेटर प्रताप तामाङ, सन्देश नेम्बाङले सन्चालन गरेका थिए। स्मरण रहोस मेन टीम अत्यधिक स्कोरर को पुरस्कार सङ्स्थापक महासचिव स्व. प्रेम प्रकाश नेम्बाङको सम्मान र सम्झनामा सङ्स्थाबाट नै प्रदान गरिदै आइएको छ।
नगेन्द्र राज नेम्बाङ्ग