युकेमा याक्थुङ फेसन फेस्टिभल

०५ जुलाई, आसफाेर्ड (यूके) । याक्थुङ चुम्भो युकेको आयोजनामा याक्थुङ चाङवान तङ्नाम (याक्थुङ फेसन फेस्टिबल) सम्पन्न भएको छ । गत जून २९ मा तङ्नाम सम्पन्न भएको हाे ।
तङ्नाममा यसमा नाै वर्षदेखि ९० वर्षसम्मका याक्थुङहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन समूह विभाजन गरिएको थियोे । जहाँ उनीहरूले क्याट वक् गरेेका थिए ।
याक्थुङहरुले सामान्य भेटघाट तथा पाहुना पात, बिहेमा लगाईने भेषभूषाहरु लगाएर याक्थुङबा, याक्थुङमाहरुको उपस्थिति तथा सहभागिता थियो ।
त्यस्तै बिहे हुँदा बेहुला बेहुली कसरी सजिएका हुन्छन् भन्ने देखाईएको थियो । साथै ढोगभेटको प्रदर्शन, सम्धी सम्धीनटी भेघाटमा गरिने सत्कार देखाइएको थियो । केलाङको पनि प्रदर्शन थियो । त्यसैगरी, संकटमा पर्न लागेको याक्थुङ नाच लाम्वाङको पनि पाका उमेरकावाट देखाइएको थियो ।
कार्यक्रमको जानकारी धनवीर साँवा, सञ्चालन माक्सती ओख्राबुले गरेका थिए । भगवती थलङले भेषभुषा, गरगहना तथा बेहुला बेहुलीले लगाउने लुगाफाटा र गरगहनाबारे सहभागीहरुलाई सोधेकी थिइन् । व्यवस्थापन विमला थलङले गरेेकी थिइन् ।
याक्थङहरुको भेषभूषा गरगहनाहरुको चिनारी दिँदै प्रचार प्रसार गर्नु, संरक्षण, सम्बर्द्घन र विकास गर्नुको साथै याक्थुङहरुको भेषभूषा, गरगहना तथा ज्ञान नाति पुस्तालाई हस्तान्तरण गर्नु र याक्थुङ पहिचान राख्नका लागि कार्यक्रम भएको याक्थुङ चुम्भो युके संयोजक दिल पालुङवा याक्थुङले बताए । उनले यस्तो कार्यक्रम याक्थुङलाजे (लिम्बुवान) को मूल क्षेत्रमा गरिनुपर्ने बताए ।