कुलमान घिसिङसँग एनआरएनए यूकेको ‘मिट एन्ड ग्रीट’ तय
एनआरएनए यूके

- एनआरएनए यूकेको निमन्त्रणामा लन्डन आउँदै कुलमान घिसिङ, १५ अगष्ट, अल्डरसटमा मिट एन्ड ग्रीट कार्यक्रममा प्रमूख अतिथि
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन्।
गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउँदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए।
एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ राखेको छ।
सो अवसरमा घिसिङकै हातबाट पुनः नियुक्त भएका संघका सल्लाहकारहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम छ।
अध्यक्ष गाहामगरले प्रमाणपत्रसहित सम्मान गरिने हुँदा सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि बेलैमा बिदा प्रवन्ध गर्न अनुरोध गरेका छन्।
कुल २२ हजार ५५३ पन्जीकृत सदस्यहरुले म्याण्डेट दिए बमोजिम २३ मार्चमा निर्वाचित यस कार्यसमिति नै आधिकारिक भएकाले कुनै पनि भ्रममा नपर्न पनि गाहामगरले अनुरोध गरेका छन्।
‘नेपालमा सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरिय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नयां कार्यसमिति (आइसीसी) गठन भइसकेको छ । सो महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै एनआरएनएको एकमात्र आधिकारिक तथा वैधानिक कार्यसमिति हो’ उनले भने- ‘महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नेपाल सरकार परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुले समेत मान्यता दिएको पनि म स्मरण गराउन चाहन्छु।’