खेलकुदप्रवासमनोरञ्जन

२३औँ गोर्खा कपमा पुरुषतर्फ नेपाली ड्रिमको पोल्टामा भने अरु को कस्को हातमा उपाधि?

लण्डन युके । तमु धीं युकेले बर्सेनि आयोजना गर्ने गोर्खा कप अत्याधिक सफलताको साथ २०२५ को २३ औं संस्करणको उपाधि नेपाली ड्रिम टिमको पोल्टामा पर्न सफल भएको छ ।

अल्डरसटको क़ुइन्स एभिन्यु मैदानमा २५ मे मा भएको गोर्खा कपको २३औँ संस्करणको फाइनलमा मुख्य टिमतर्फको गुरुजी इलियटलाई पराजित गर्दै नेपाली ड्रिमले उपाधि जितेको हो । उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गुरुजी इलियटले १ हजार ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

मेन टिमको वेस्ट म्यानेजर नेपाली ड्रिमका सक्थिम चेम्जोङ, वेस्ट प्लेयरमा नेपाली ड्रिमकै इश्वर गुरुङ तथा टप स्कोरर गुरुजी इलियटका रोबेल नाल्बो घोषित भए ।

भेट्रानतर्फ हिमालयन एफसी विजेता र इन्टेक २००० उपविजेता बने । यसमा विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

भेट्रानतर्फको वेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा, टप स्कोररमा डा. सन्दिप गुरुङ र वेस्ट खेलाडी खुम गुरुङ घोषित भएका छन् ।

महिलातर्फ रन्डर बोल्ट एफसी विजेता र तामाङ समाज यूके उपविजेता बनेका छन् । विजेता र उपविजेताले क्रमशः ६०० र ४०० पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । महिलाको वेस्ट प्लेयर गरिमा राई घोषित भइन् ।

विजेता, उपविजेता टिम, खेलाडी र मेनेजरलाई आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, रश्मोर बोरो काउन्सिलका नया मेयर काउन्सिलर क्यालुम स्टेवार्ट, फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र गोरख घलेले साथै प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।

यस बर्षको गोर्खा कपमा पुरुष तर्फ ३२, भेट्रान्स तर्फ १६ र महिला तर्फ २ टिम गरि ५० टिम सहभागी थिए।

‘फुटबल लेजेन्ड अफ गोर्खा कप’को उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेले प्राप्त गरेका थिए । यो उपाधि तमु धींले पहिलो पटक प्रदान गरेको हो

यो बर्ष फुटबल खेलको मुख्य आकर्षकमा डा. योगी विकाशानन्द र रेकी हिलर कमलेश्वोरी गुरुमाको प्रवचन मनोक्रान्ती टिमका गुरुहरु नगेन्द्र नेम्बाङ र गोप सिङ्जाली मगरको योगा पनि भएको थियो भने अन्य विभिन्न सयौं स्टलहरुमा दर्शकको घुइचो रहेको थियो।

Related Articles

Back to top button