लेख

सम्झनामा तेजमान आङदेम्बे

सन्दर्भ : नवाैँ स्मृति दिवस

✍️ कृष्णकुुमार हेम्ब्या

तेजमान आङदेम्बे पूर्खाहरुसँग मिल्न गएको आजै नाै वर्ष भएछ । चिन्नेजान्नेहरु भन्छन् तेजमान शर्मालु थिए । सरल थिए । तर खरो चिन्तक । विद्वान थिए र फोटो खिच्नमा पनि सिपालु ।

उनका रचनाका केही शिर्षक हेरौंन कस्तो छ ।

‘भाषा, संस्कृति र इतिहासका क्यान्सरहरू’
‘सिङबिनाको सुब्बा र जात जनाउने लिम्बुहरूको उत्पत्ति’
‘किराँत कुण्डली, नभएको किराँतकाल र धोतीपात्रो’
‘शिवलिङ माने किराती लिंग कि खुर्पाको बिंड’
‘किराँत लिम्बु धर्मः हत्यहाङमाबाट सत्यहाङमा हुँदै ब्राम्हणपथतिर’
‘मगरहरूको पूर्खा लंगुर बाँदर हुन्’
‘मुन्धुम मूर्खको भाषा कि पूर्खाको भाषा’

मातृभाषाको महत्वलाई बुझ्ने तेजमानको भाषा, संस्कृति र इतिहासका क्यान्सरहरू पुस्तकमा एउटा रोचक तर गम्भीर सन्देश बोकेको कुवाकुजा ।

आयरल्याण्डमा एकजना आइरिसले आफनो मातृभाषा सिकेको देखेर एकजना इंग्लिसलाई साह्रै दिक्क लागेछ र भनेछ, “तिमिले के खान तिम्रो काम नलाग्ने मातृभाषा आइरिस सिकिराख्या भन्या ? के काम छ र त्यो वेकामे भाषाको ….. अंग्रेजको दृष्टिकोण अनुसार त्यो भाषा बेकार छ । किनभने त्यसले तत्कालौन व्यावसायिक वा सामाजिक सफलता दिन सक्दैन । तर आइरिस व्यक्तिको उत्तर निकै गहिरो र अर्थपूर्ण छ — “स्वर्ग जाँदा मेरा पूर्खासँग कुरा गर्न मेरो मातृभाषा काम लाग्छ ।” यो उत्तरले भावनात्मक र सांस्कृतिक पक्षलाई उजागर गर्छ ।

त्यसपछि अंग्रेजले व्यङ्ग्य गर्दै अर्को प्रश्न गर्छ, “ठीकै छ, स्वर्ग गयौं भने त तिम्रो मातृभाषाले काम दिने रहेछ, तर नर्कमा गयौं भने नि” ?

जवाफमा आइरिसले भन्छ, “नर्कमा गएँ भने त तिमीहरूको अंग्रेजी मातृभाषा काम दिइहाल्छ नि ।”

यो उत्तरले केवल हाँसोको मात्र प्रदान मात्र गर्दैन, बरु उपनिवेशवादी मानसिकता, भाषिक दम्भ र मातृभाषाप्रतिको उपेक्षालाई व्यङ्ग्यात्मक रूपमा आलोचना गर्छ ।

यस वार्ताले हामीलाई एक महत्वपूर्ण पाठ दिन्छ — मातृभाषा केवल संचारको माध्यम होइन । यो हाम्रो मौलिकता, आत्मसम्मान, र सामाजिक एकताको प्रतीक हो । कतिपय अवस्थामा मातृभाषाको तत्कालीन प्रयोग कम हुन सक्छ । तर यसको दीर्घकालीन महत्व अझ गहिरो हुन्छ । आज धेरैजसो भाषा विलुप्त हुने खतारामा छन्, र यस्तो अवस्थामा मातृभाषा सिक्नु र संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।

यस प्रसङ्गबाट हामीले सिक्नुपर्ने कुरा के हो भने, मातृभाषा कहिल्यै बेकामे हुँदैन । यो हाम्रो अस्तित्वसँग जोडिएको छ । जब हामी मातृभाषा बोल्छौं, तब हामी केवल शब्दहरू उच्चारण गरिरहेका हुँदैनौ — हामी इतिहास, संस्कृति र आत्मा बोकेर अघि बढिरहेका हुन्छौं ।

लेखक हेम्ब्या ।

तेजमान आङ्देम्वेका लेखहरु सबै यथार्थवादी र हसाउँने खालका हुन्छन । धेरे वर्ष पहिले “शिवलिंग माने किराती लिंग कि खुर्पाको बिंड” शिर्षकको लेखले लोभिएको थिएँ । त्यसपछि उनका लेखहरु खोजिखोजि पढियो । हो, यस्तै टुक्राटुक्रिहरुको संगालो ‘भाषा, संस्कृति र इतिहासको क्यान्सरहरु’ शीर्षक पुस्तकको रुपमा आयो ।

खासमा तेजमान भाषा आन्दोलनका एक लोभलाग्दा धावक थिए । यस पुस्तकमा कोठाभित्र वसेर अर्काको इतिहास वंग्याएर पेट पाल्ने सौरभ, काले राई, सुरेन्द्र केसी, दीर्घराज पर्साईजस्ता टपरटुइँये पण्डितहरुको भण्डाफोर गर्न भएभरको शक्ति प्रयोग गर्न खोजेका छन् उनले ।

पुर्खाले जोगाइ ल्याएका आफ्ना मौलिक याक्थुङ संस्कार संस्कृतिहरु त्यागेर, मन नपरेर, विर्सेर सत्यनायणको पूजा गर्ने शुब्बाहरु, ठूलो भएकै कारण शिवको लिंग पुजा गर्ने लिम्बूनीहरु, जिम्दै स्वर्ग जाने लोभले शंख फुक्ने, चरु पोल्ने साधु टपरे सत्यहांगमाहरुको शल्यक्रिया गर्न उनले अनेक शब्दजालहरु बुनेका छन् ।

लिम्बु भाषाको सरंक्षरणः किन र कसरी ? हो, यो नै लेखकको सबैभन्दा लोभलाग्दो खुराक । लिम्बू भाषा’ जोगाउन जवरजस्ति लादेर, मातृ भाषा कक्षा चलाएर, , भाषिक वफदारीताको भावना जगाए’, उपयोगिताको सिद्धान्त, योग्यताको भाषा घोषणा गरेर । जस्तो पान्थरको सिडियो हुनुलाई लिम्बू भाषा अनिवार्य जान्नैपर्ने नीति वनाएपछि त्यो भाषा सिक्न आफै अघि सर्छन कुवाकुजा आदि ईत्यादी ।

याक्थुङ भाषा, संस्कृति, इतिहासका चिन्तक आङदेम्बेले हामीलाई छोडेर गएका आज ठीक नाै बर्ष लाग्दै छ । यतिका बर्षमा सुध्रिएका केही लिम्बूहरुले कति अन्न चरु पोलेर स्वाहः वनाए होलान हाम्रा तेजमान पूर्खाहरुसँग भेटेर मुन्धम फलाक्दै होलान् ।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर हासिल गरेका आङदेम्बेले लेइडन युनिभर्सिटी अफ दि नेदरल्याण्डस्बाट तुलनात्मक भाषाविज्ञानमा रिसर्च फेला तथा विद्यावारिधिको अवसर पाएका थिए । तर, आफ्ना शोध निर्देशकसितको सैद्धान्तिक खटपटका कारण बीचैमा शोधकार्य छाडि पान्थरमा फर्केर हलो जोत्तै गाउँमा पढाउदै भाषा तथा साँस्कृतिक खोज–अनुसन्धान गर्दागर्दै गाउँमै ८ मे २०१६ मा दुखद निधन भयो ।

तेजमानले पिएचडी अध्ययन कसरी त्यागे भन्नेबारे उनको गाईड जो लिम्बु ग्रामरमा पिएचडी गरेका जर्ज भान ड्रिमले मलाई इनबक्समा यस्तो विवरण पेश गरे ।

‘Yes, of course, I knew Tej Man. He was my student at Leiden until; he was diagnosed and then chose to return to Nepal.  Dr George van Driem’

तर तेजमान भनाइ अर्कै छ । नेदरल्यान्ड्समा छात्रवृत्तिमा पीएचडी गर्नका लागि परीक्षा दिए, पास पनि गरे । तीन वर्षका लागि नेदरल्यान्ड्सतिर लागे । दिनरात घोटिए अध्ययन–अनुसन्धान गरे । अढाइ वर्षपछि उनको  गाइडसँग कुरो मिलेन । गाइड फेर्ने सम्भावना थिएन । पीएचडीका गाइड प्रा.डा.जर्ज भ्यान्डिमसँग भोट–बर्मेलीमा भएको क्रियाको मेल कति पुरानो हो भन्ने उमेर पत्ता लगाउने ‘मर्फिङ अडर थ्यौरी’ अमान्य भएको बताएपछि समस्या आयो । भान्ड्रिमको थ्यौरीका विभिन्न विषय सही नभएको तर्क गरेपछि उनलाई समस्या भयो । उनी ठूलो अप्ठ्यारोमा परे ।

Related Articles

Back to top button