विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन

लन्डन । साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन भएको छ । २१ जुन २०२५ मा श्रेष्ठको नेतृत्वमा १५ जनाको कार्यसमिति गठन गरिएको हो ।
नव गठित समितिको उपाध्यक्षमा बाबुलाम भुषाल, प्रा.डा. ओम कुर्मी, हरिशचन्द्र नेपाली, सचिवमा प्रा.डा. प्रदिप लामिछाने, उपसचिवमा ललित परियार र कोषाध्यक्षमा कल्पना दाहाल चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल र कला पोखरेल चयन भएका छन् । समितिको सल्लाहकारहरुमा कथाकार, निवन्धकार कवि एवम् गजलकार डा. टिका भण्डारी र गजलकार डा. सुधा शाही चयन भएका छन् ।
समिति गठन कार्यक्रमको अध्यक्षता साहित्यकार भरतकुमार श्रेष्ठ “विवश” ज्युले गर्नु भएको थियो । प्रमुख अतिथि विश्व नेपाली साहित्य महासंघ केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष तथा गैर आवासीय नेपाली संघ केन्द्रको उपाध्यक्ष विश्वसदीप तिगेला रहनु भएको थियो भने महासंघका केन्द्रीय उपाध्यक्षद्धय साहित्यकार विजय हितान र डेन्जोम साम्पांगको विशेष आतिथ्यता रहेको थियो ।
कार्रयक्रममा ग़ज़लकार एवं कथाकार डा. टीका भण्डारी, कविहरू प्राध्यापक डा. प्रदीप लामिछाने, सीता पौडेल, मोहन आचार्य “जलद”, अलीना संग्रौला, हरिशचन्द्र नेपालीलगायत अमेरिकाबाट पाल्नु भएका वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो । सो क्रममा विश्व भूटानी साहित्यिक संगठनका अध्यक्ष पातालो अन्तरे, डा. नारद पौडेलजस्ता साहित्यकारहरूले कविता वाचन गर्नुभएको थियो।
विश्व प्रसिद्ध साहित्यकार शेक्सपियरको जन्मस्थल स्टार्डफोर्ड अपनएभनमा कार्यक्रम सम्पन्न भएको थियो ।