विचित्रको संसार

८ जना श्रीमतीसँग बस्दै आएका यी पुरुषले फेरी बिहे गर्दै

ब्राजिलियन मोडल तथा सामाजिक सञ्जालका प्रभावकार आर्थर ओ उर्सो फेरि एकपटक चर्चामा छन् । उनले यौन स्वतन्त्रता र एकविवाहको अभ्यासको विरुद्धमा ९ जना महिलासँग विवाह गरेर हेडलाइन बनाएका थिए । तर, केही महिनापछि श्रीमतीले उनलाई सम्बन्धविच्छेद गरिन् । त्यसपछि उनी ८ श्रीमतीसँग बस्दै आएका थिए ।

तर अब आर्थरले आफ्ना ४ जना श्रीमतीसँग सम्बन्धविच्छेद गरेको खुलासा गरेका छन् । यति मात्र होइन, सम्बन्धविच्छेदपछि आर्थर फेरि नयाँ श्रीमतीको खोजीमा छन् । ३६ वर्षीय आर्थर ब्राजिलको जोआओ पेसोआ शहरका बासिन्दा हुन् । उनले सन् २०२१ मा ९ जना महिलासँग विवाह गरेका थिए ।

तर केही महिनापछि मात्रै उनको एउटी श्रीमती यस विवाहबाट अलग भइन्, तर आर्थरको विवाह आधिकारिक रूपमा मान्य छैन। किनभने ब्राजिलमा बहुविवाह एक भन्दा बढी महिलासँग विवाह सम्बन्धी कानुन छैन। यसैबीच,डेली स्टारुसँगको कुराकानीमा आर्थर ओउर्सोले आफू अहिले डिभोर्सबाट गुज्रिरहेको खुलासा गरेका छन् ।

उनी आफ्ना आठ श्रीमतीमध्ये चारबाट छुट्टिएका छन्। उनीहरुले आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका हुन् । यसरी आर्थर अब ८ महिलाका पति रहेनन् । यस सम्बन्धमा उनले यसअघि पनि धेरै महिलासँग बस्न सजिलो नहुने बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button