विचित्रको संसार

७० वर्षीय वृद्ध ससुराले छोराको मृत्युपछि २८ वर्षकी बुहारी पुजासँग गरे बिहे

एजेन्सी- ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेको एक अचम्मको घटना बाहिर आएको छ । यो अचम्मको घटना हो भारत उत्तर प्रदेशको गोरखपुरको ।

७० वर्षीय वृद्ध ससुरा कैलाश यादवले आफ्नी २८ वर्षकी बुहारी पूजासँग बिहे गरेका हुन् । समाचारमा जनाइए अनुसार यो जोडीको उमेर अन्तर ४२ वर्षको रहेको छ । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृत्यु भइसकेको थियो । उनका छोराको पनि केही वर्षअघि मृत्यु भएको थियो ।

उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् । छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिए पनि बुहारीको त्यो पनि पनि नटिकेर ससुरा भएकै घरमा फर्किएपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेको बताइएको छ ।

प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको बताइएको छ ।यस सम्बन्धमा प्रहरीमा उजुरी नपरेको र परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button