आदिवासी

जनजाति महासंघ युकेको च्यारिटी डिनर भब्यतापूर्वक सम्पन्न

अगष्ट ९ मा आदिवासी मेला हुदै

अल्डरसट,
गत ६ जुलाई २०२५ का दिन नेपाल आदिवासी जनजाति महासंघ युकेको आयोजनामा नेफिन डिनर सम्पन्न भएको छ ।

लण्डन नजिक नेपालीहरुको बाक्लो बसोवास रहेको तथा बृट्रिस आर्मीको राजधानी मानिने अल्डरसटको एम्पाएर ब्यग्केटमा आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको युकेको लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरेले युकेमा नेपालीहरुले आफ्नो इमान्दारिता र बफादारितापूर्वक काम गर्नुपर्ने र नयाँ पुस्ताले युकेको राजनीति क्षेत्रमा पनि सक्रिय रहनु पर्ने विचार ब्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहेका गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विश्वास दीप तिगेलाले विदेशमा रहेका नेपालीहरुको तर्फबाट प्रमुख प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली संघ भएकोले विदेश तथा युकेमा रहेका नेपालीहरुको हक, हित र अधिकारको आवाज उठाई रहेको बताए । एनआरएनएको गत ३–५ मे २०२५ मा सम्पन्न एकताको महाधिवेशन पछि एनआरएनएको विवाद सिद्धिएको बताए । विश्वभर ९१ भन्दा बढि मुलुकहरुमा रहने नेपालीहरुले एनआरएनए गठन गरेको र ति अधिकाश राष्ट्रिय समन्वय परिषदको अधिवेशनको समय भएको बताए । नयाँ नेतृत्वले सबैलाई समेटेर अघि बढिरहेको पनि बताए । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका पूर्व सचिव भक्त दुरा र एनआरएनए युकेका अध्यक्ष प्रेम गाह मगरले पनि शुभ कामना ब्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष रिटायर्ड मेजर योगेश कोयूले महासंघमा आबद्ध १२ जातिय उत्थान संगठनको बारेमा प्रकाश पार्दै अर्को महिना अगष्ट ९ र १० मा आदिवासी मेला लगाउनेबारे जानकारी गराउदै भविश्यमा महासंघ आफैले युकेमा जग्गा खरिद गर्ने योजना बताए । कार्यक्रमलाई महासचिव फाराम बहादुर दुराले संचालन गरेका थिएभने दोस्रो चरणको कार्यक्रम आकाश सुनुवारले गरेका थिए । नेपालबाट युकेको यात्रामा रहनुभएका करिब आधा दर्जन राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिएका थिए । कलाकारहरु साहिमा श्रेष्ठ, पार्वती गुरुङ, भूमिका शाह, नितु पुन मगर, युवराज मगर, जानुका राई, आरुसी मगर र ८२ बर्षिय क्याप्टेन वीर बहादुर गाह रहेका थिए ।

च्यारिटी डिनर नाईटको संयोजक रिटायर्ड मेजर इन्द्र राईले च्यारिटी संकलन राम्रोसँग भएको र सहयोग गर्नुहुने सबै जातिय उत्थान सगठनहरुलाई धन्यवाद दिए । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा, किरात सुनुवार समाज, तमु धी, मगर संघ युके, दुरा सेवा समाज, छन्त्याल सेवा समाज, शेर्पासंघ, तामाङ एसोसियसन, पासापुछ गुठी, तोप्केगोला संगठन लगायत नेपाल आदिवासी जनजाति महासंघ युकेमा आबद्ध रहेका छन भातृसंगठनको रुपमा नेपाल आदिवासी महिला महासंघ, नेपाल आदिवासी पत्रकार महासंघ युके रहेका छन । महासंघको स्थापना सन् २००९ मा गठन भएको हो । हाल नेपाल इण्डिजीनियस युनाईटेटले पनि महासंघसँग नजिक भएर काम गरिरहेको छ ।

Related Articles

Back to top button