१६ औ यलम्बरहाङ कप बेलायतमा भब्यताका साथ सम्पन्न
लण्डन,
गत तारिख २६ अप्रिल २०२५ का दिन युकेको मेडस्टन स्थित किरात याक्थुङ चुम्लुङ युकेको निजि भूमि चुम्लुङ्देनमा बिगत बर्षहरुमा जस्तै किरात याक्थुङ चुम्लुङ युकेले १६ औ यलम्बरहाङ कप फुटबल प्रतियिगिता भव्यताका साथ सम्पन्न गर्यो ।
सन २००९ सालमा संस्थाका पूर्व अध्यक्ष श्री बम बहादुर लिम्बु नेतृत्वको कार्यसमितिले शुरुवात गरेको यलम्बरहाङ कप यसबर्ष १६ औ संस्करण हो । स्थापनाकलमा केहि चुनौतिहरु सामना गर्नु परेता पनि यस प्रतियिगिताले प्रत्येक बर्ष आफ्नो उदेश्यहरु पुरा गर्दै निरन्तर अगाडि बढदै आएको छ । यस प्रतियिगिताको प्रमुख अतिथि पूर्व बाणिज्य राज्य मन्त्री बिजय प्रकास थेबे, विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष रिटायर्ड मेजर योगेस राई, गैरआवासिय नेपाली संघ युकेका उपाध्यक्ष झलक थापा रहेका थिए भने अथितिमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष विमला सेने, सुनुवार सेवा समाज युकेका अध्यक्ष आकाश सुनुवार, मगर संघ युकेका निवर्तमान अध्यक्ष सिता पुन, किरात राई यायोख्खाका महासचिव राजेन राई, तमु धी युकेका निवर्तमान अध्यक्ष रामचन्द्र गुरुङ, तमु धी युकेको सल्लाहकार एकेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ लम्जुङको पूर्वअध्यक्ष आस बहादुर गुरुङ, सेवारो कलाकार संघ युकेकी अध्यक्ष इन्द्रा पन्धाक, संघीय लोकतान्त्रिक सामाजिक मन्च युकेकी शर्मिला यक्सो, पहिचानवादी मोर्चा युकेको संयोजक देवी बहादुर तुम्बाहाम्फे, पान्थर समाज युकेकी अध्यक्ष शान्ति लिम्बु, धरान समाज युकेको प्रतिनीधि विजय लिङथेप रहेका थिए । चुम्लुङका सल्लाहकारहरु ईश्वर आङबुहाँङ, रिटायर्ड मेजर पदम आङबुहाँङ, नरकुमारी लिम्बु, निवर्तमान अध्यक्ष दिलसिं मेन्याङ्बो, नरबीर आङ्बो लगायत अतिथि रहेका थिए ।
किरात याक्थुङ चुम्लुङ युकेको स्वामित्वमा रहेको चुम्लुङ्देनमा पाँच वटा फुटबल मैदान रहेको र उक्त मैदानमा यस २०२५ सालको प्रतियोगिता तिन फरक समुह सहित जम्मा ३२ टिमले सहभागिता जनाएका थिए । मुख्य ट्रफिको लागि १६ टिम, भेटरनमा ८ टिम, र सुपर भेटरन समुहमा ८ टिमले सहभागिता जनाएका थिए ।
प्रत्येक समुहमा पहिलो चरण लिग पार गरेर नकाउट चरणमा प्रवेश गरेका थिए । नेपाली युवाहरुको खेल जगतलाई प्रष्फुटन गराउने उदेश्यले संचालन गरिएको भएता पनि गैर नपाली समुदायकालाई पनि एउटा टिममा दुइजना सम्म खेलाडि समावेश गर्न सकिने प्रावधान रहेकोले गैर नेपाली फुटबलप्रेमिहरुले पनि अवसर पाएका थिए । १६ औ यलम्बरहाङ कप एक्दमै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको संयोजक तथा संस्थाका उपाध्यक्ष श्री सन्त कुमार हुक्पाचोङ्बाङले बताए ।
यस १६ औ यलम्बरहाङ प्रतियोगीतामा कडा प्रतिस्पर्धा सामना गर्दै आफ्नो टिमलाई लिग, नकाउट हुदै फाइनल खेलमा पुर्याउन सफल सुपरभेटरन टिम समुहबाट अध्याधिक गोलकर्ताको ट्रफि ईलाम एफ.सी. का सुजित राइले हात पारेका थिए भने उत्कृष्ट खेलाडी इलाम एफ.सी का खेलाडी लेखराज राई घोषित भएका थिए । उत्कृष्ट खेल प्रदर्शन गर्दै उपबिजेता (रनरअप) मा मेडस्टन गोर्खा भएका थिए भने २०२५ सालको सुुपर भेटरन ट्रफि ईलाम एफ. सी. ले चुमेको थियो ।
एबं प्रकारले भेटरन समुहको खेलमा अत्याधिक गोलकर्ता को ट्रफि अफ्रिकन इमानुएलले हात परेका थिए भने उत्कृष्ट खेलाडि निराजन घोषित भएका थिए । भेटरन समुहको उपबिजेतामा किरात याक्थुङ चुम्लुङ युकेको वारवीक्सायर शाखाले हात परेको थियो भने धरान एफ. सीले २०२५ सालको ट्रफि चुमेको थियो ।
२०२५ सालको मुख्य ट्रफिको खेलमा अत्याधिक गोलकर्ता केवाईसी थुरोकका कल्याण राईले ट्रफि हात पारेका थिए भने उत्कृष्ट खेलाडी फान्बोरो एलिटका नवराज गुरुङ घोषित भएका थिए । मुख्य ट्रफिको उपबिजेता (रनरअप) मा फान्बोरो एलिटले हात परेको थियो भने बिजेतामा एफ.सी. केन्टले ट्रफि चुमेको थियो ।
बिगतका बर्षहरुमाझै यस बर्षको पुरस्कार ट्रफिहरु बिभिन्न ब्यक्तिहरुबाट सौजन्यता प्राप्त भएको थियो भने सौजन्यता प्रदान गर्ने मनाहुभावहरुको बहुलिबाट बिजेता ब्यक्तिहरु, तथा टिमलाइ प्रदान गरिएको थियो । मुख्य ट्रफिको बिजेता टिमलाई संस्थाका अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले प्रदान गरेकी थिइन ।
प्रमुख अतिथि पूर्व बाणिज्य मंत्रि बिजय प्रकाश थबेले आफ्नो मंतब्यको क्रममा युवाहरुको मानसिक र सारिरिक बिकासको लागि यलम्बरहाङ कप प्रतियोगीताले प्रेरणादायी भूमिका खेलेको बताए । यस्तो गरिमामय कार्यक्रमले किरात याक्थुङ चुम्लुङ युकेको छबि समग्र बेलायतमा सफल र उद्धारणिय हुदै आएकोमा बधाइ दिएका थिए ।
महासचिव विश्वास दीप तिगेला र सचिव महेश वनेमले संचालन गरेको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले यस यलम्बरहाङ कप फुटबल प्रतियोगिता स्थापित भएर आजको दिन सम्म आइपुग्दा यस कपको उदेश्यहरु युकेमा स्थापित अन्य संघ संस्थाहरु संगको सामाजिक तथा खेलकुद जगतमा कसिलो सम्बन्ध राख्नुका साथै हाम्रो ईतिहास, पहिचानलाई जागृत गराउने लगायत युवा खेलप्रेमीहरुको प्रतिभा प्रष्फुटन गराउने कार्य सफल हुदै आएको बताइन । यस १६ औ यलम्बरहाङ कपको सुवसरमा सम्पुर्ण आमन्त्रित अतिथिजनहरु, सहभागी फुटबल टिमहरु, ट्रफि तथा नगद सौजन्य प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरु, यस प्रतियोगितालाई सफल बनाउन अहोरात्र खटेर कार्य गर्नुहुने संस्थाका साथिहरु, १६ औ यलम्बरहाङ कपका संयोजक सान्त कुमार हुक्पाचोङ्बाङ लगायत वहाँको सम्पूर्ण टिम लगायत यस प्रतियोगितालाई सफल बनाउन उपस्थित सम्पूर्ण मान्यजनहरुलाइ हार्दिक धन्यबाद दिदै सम्पूर्ण कार्यक्रम समापन भएको घोषित गरेकी थिईन ।
– नर थाम्सुहाङ ।