युके विशेषसमाचार

चुम्लुङ यूकेभित्र ‘किरात’ बारे बहस

अस्वीकार र स्वीकार गर्ने दुवैले राखे धारणा

२५ जून, लन्डन । पहिचानको मुद्दा पेचिलाे बनिरहेको बेला आन्तरिक पहिचानबारे पनि बहस सुरु भएको छ । ‘किरात’ पहिचान र शब्दावलीबारे पनि अनेकन सवाल उठिरहेको सन्दर्भमा याक्थुङ लिम्बु समुदायभित्र बहस र छलफल भएको छ ।

गत १४ जून २०२५ मा किरात याक्थुङ चुम्लुङको संयोजनमा पहिलो पटक किरात शब्दबारे बहस भएको छ । युमा साम्यो महासभा तथा मौलिकतावादी याक्थुङहरुले या चुम्लुङकै साधारण, आजीवन र संरक्षक सदस्यहरुले चार वर्षदेखि याक्थुङहरुको साझा संस्थाको नाम किरात याक्थुङ चुम्लुङ नराखी याक्थुङ चुम्लुङ मात्र राखौं त्यसो गर्दा सबैलाई अपनत्व हुन्छ नत्र एक धर्म (किरात धर्म)को मात्रै अपनत्व हुने र भातृ संगठन देखिने भन्ने कुरा उठाउँदै आएका थिए । भर्खरै सम्पन्न महाधिवेशनले पनि यसबारे बहस चलाउने म्याण्डेट दिएकोले अध्यक्ष कमला सेन्दाङ लिम्बु रहेको कार्यसमितिले पहिलो पटक बहस गराउने मिति तय गरेको थियोे । साेही बमोजिम पहिलो बहस आयोजना गरिएको थियो । बहस चुम्लुङको कार्यालय चुम्लुङदेन मेडस्टोन युकेमा भएको थियो ।

युमा साम्यो महासभा युकेको तर्फवाट अध्यक्ष दिल पालुङवा याक्थुङ, सल्लाहकारहरु टंक वनेम, लोकेन्द्र तवेवुङ, नरेन्द्र मावोहाङ र मन मावोहाङ गरी पाँच जना प्रतिनिधिहरु रहेका थिए । किरात धर्म तथा साहित्य उत्थान संघवाट अध्यक्ष राजेन्द्र खिम्दिङ र ज्ञानु फुरुम्वो र सत्यहाङमा फाल्गुनन्द समाजको दिल सम्बाहाङ्फे थिए । त्यसैगरी चुम्लुङको सल्लाहकार, संरक्षक सदस्य, आजीवन सदस्य, भूपू अध्यक्ष, विभागीय अध्यक्ष, शाखा समिति अध्यक्षहरु तथा प्रतिनिधिहरु लगायत अन्य पर्यवेक्षकहरु रहेका थिए ।

युमा साम्यो महासभा युकेका अध्यक्ष दिल पालुङवा याक्थुङले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसमा किरात शब्दको अर्थ, किरात शब्दकाे प्रयोग, याक्थुङ पृष्ठभूमि, याक्थुङ सभ्यता, याक्थुङ समयरेखा, किरात शब्द विवाद, याक्थुङ र किरातबारे तुलनानात्मक अध्ययन, खाेज र निस्कर्ष रहेको थियो ।

त्यसैगरी अन्य प्रतिनिधि टंक वनेम, लोकेन्द्र तवेवुङ, मन मावोहाङ र नरेन्द्र मावोहाङले पनि थप विचार राखेका थिए । सबैले किरात शब्द याक्थुङ पा:नमा नभएको र बाह्य समुदायले प्रदान गरेको पदवी भन्दै शब्दको अर्थ सुगुर हेर्ने ,असभ्य, पतित र अछुत भएको वताए । यो याक्थुङका लागि अशोभनीय भएको र याक्थुङ मौलिकता ईतरको भएकोले यो शव्द प्रयोग नगर्न सुझाव दिए । फेरि धर्मको नाम पनि किरात भएकोले एक धर्म जनाउने नाम अरु धर्म मान्ने याक्थुङहरुलाई जबर्जस्ती लाद्नु हुँदैन भन्ने सुझाव दिएका थिए । किधसाउसंका अध्यक्ष राजेन्द्र खिम्दिङ संस्थाबाट नआएकोले किरात शब्द राख्न गाह्रो नुहुने बताए । ज्ञानु फुरुम्बोले धेरै विज्ञहरुको धेरै छलफलपछि मात्रै निर्णय गर्न सुझाव दिए । सत्यहाङमा फाल्गुनन्द समाजका दिल सम्बाहाङ्फेले पनि घुमाउरो भाषामा किरात शब्दमा स्वीकारोक्ति जनाए ।

दिल पालुङवा याक्थुङको प्रस्तुतिमा कम प्रश्नहरू उठेका थिए । टंक वनेमले किरात विवादित शब्द भएकोले नराख्न सुझाव दिदैं शुरुमै कल्प वृक्ष रोप्नु पर्छ भने । लोकेन्द्र तबेबुङले शिकारी युग, कृषि युग तथा याक्थुङ सभ्यता ईम्विरि याङथाङवा तमरखोलामै भएकोले र अनादिकालदेखि याक्थुङ हरु वसोवास गरेको कुराको जानकारी गराए । चुम्लुङको संरक्षक सदस्य समेत रहेका उनले याक्थुङ सही कि किरात सही छनौट गर्न सुझाएका थिए । उहाले याक्थुङ मात्र राख्दा सान्दर्भिक हुने वताए ।
मन मावोहाङले मुन्धुममा किरात शव्द मुन्धुममा र याक्थुङ पानमा नपाईने हुनाले यस्तो शव्दको प्रयोग गर्नु भावी सन्ततिहरुलाई कुहिरोको काग वनउनु भने, नरेन्द्र मावोहाङले याक्थुङ मौलिकता जोगाउन अहिले हाम्रो अपरिहार्यता हो , यो किरात शव्द हाम्रो पनि नभएको र यो शव्दको पछि लाग्दा हामी एकातिर जानु पर्नेमा अर्कैतिर जाने निश्चित वताए, आफ्नो ज्ञान र सम्पदा अरुलाई दिनु पर्ने वताए ।
प्रतिनिधि योवाहाङ तुम्वाहाम्फेले यस्तो वहसलाई सकारात्मक भन्दै अहिलेको पहिचानको युगमा याक्थुङहरु पनि मौलिक रुपमा फर्कनु पर्छ र याक्थुङ सभ्यता र मुन्धुमलाई पालना गर्नु पर्छ, किरातले पहिचान नदिने वताए ।
चुम्लुङ युके भूपु अध्यक्ष चुम्लुङदेन अभियन्ता र सफल अध्यक्षले किरात शव्द हामी याक्थुङको होईन रहेछ भन्ने कुरा अध्यक्ष भएकै बेलादेखि महशुस भएको वताए । खड्ग चोङवाङ, टेक मावोहाङ, बद्री यङया लगायतले आफ्नो धारणा राखेका थिए । हाङमा लाओतीले याक्थुङ भाषामा किरात नभएता पनि धेरै पुस्तकमा किरात लेखिएकोले किरात राख्ननै सुझाव दिएकी थिइन् ।

धेरैले याे प्रयास सबैले संस्थालाई सशक्त र सफल बनाउन साझा नाममा सहमति गर्नेमा विचार राखेका थिए । अब दोस्रो छलफल चाँडै गरिने घोषणाको साथ वहस समापन भएको थियो । का.वा. महसचिव महेश वनेमद्वारा सञ्चालित कार्यक्रमको अघ्यक्षता कियाचु यूके अध्यक्ष कमला सेन्दाङले गरेकी थिइन् ।

यसअघि पनि सन् २०२२ मा भएको विधानसभामा पहिलोपटक ‘किरात’ शब्दबारे सवाल उठेको थिए । तर, तत्कालीन कार्य समितिले टाेली बनाएर छलफल गर्ने भने पनि बहस हुन सकेको थिएन ।

Related Articles

Back to top button