प्रवाससाहित्य सिर्जना

भुटनीज नेपाली साहित्यकारहरुको विश्व सम्मेलन नेदरल्याण्डको हेगमा जारी ६ लाखको पुरस्कार घोषणा

हेग,
भुटनीज नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, नेदरल्याण्डको हेगमा जारी ।

पहिलो दिन डेल्फ युनिभर्सिटीमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भए भने दोस्रो दिन आर्य समाज नीदरल्याण्डको भवन हेगमा स्वीकारोक्ती सिद्धान्तको बारेमा बृहत चर्चा, साहित्यिक वाचन, कार्यपत्र प्रस्तुत, सम्मान, नयाँ नेतृत्व घोषणा संगै अहिले सम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढि रासीको पुरस्कार बरिष्ठ साहित्यकार बैरागी काईलालाई प्रदान गरिने घोषणा भयो । काईलालाई निकट भविश्यमा नेरु ६ लाख रुपैया पुरस्कार प्रदान गरिने भएको छ ।

आज तेस्रो दिन हेगमा साईकल रयाली हुदैछ । नयाँ नेतृत्वमा पातले जन्तरे चयन भएका छन । विभिन्न १८ देशबाट सहभागी रहेका छन ।

Related Articles

Back to top button