प्रवासमनोरञ्जनयुके विशेष

१७औ नेपली ओपन कन्सर्ट ख्याति प्राप्त कलाकार अन्जु पन्त, खेम सेन्चुरी र बिजय ठाडा मगरको भब्य प्रस्तुति।

लण्डन।  फानबोरोस्थित रग्बी फुटबल क्लबमा शनिबार जुन १४ तारिख २०२५ मा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति सहित नेपाली ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको मगर संघ यूकेले जनाएको छ।

मगर संघ यूकेको आयोजनामा नेपाल बाट आउनु भएका वरिष्ठ सदाबहार ख्याती प्राप्त कलाकार अन्जु पन्त, खेम सेन्चुरी र युवा गायक बिजय ठाडा मगर लगायत नेपालबाट बेलायत आइसक्नु भएका  दर्जनौ कलाकारको साथ बेलायतमा हजारौं दर्शकको सहभागितामा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका प्रथम सचिव उद्धव न्यौपाने, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) र कार्यक्रम प्रमुख संयोजक रुद्र थापामगरले रिबन काटेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो।

औपचारिक कार्यक्रममा प्रमुख सम्योजक रुद्र थापाले स्वागत मन्तव्य राख्दै प्रमुख अतिथि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेका प्रतिनिधि प्रथम सचिव न्यौपाने र अध्यक्ष लाल बहादुर पुनले मात्र आफ्नो छोटो भनाई शुभकामना ब्यक्त गर्दै सबै समय सास्कृतिक कार्यक्रमलाई दिइएको अत्यन्तै उदाहरणीय थियो भने अन्य विभिन्न संघ सस्थाबाट उपस्थित सबै आमन्त्रित अतिथिलाइ सामूहिक रुपमा यथास्थानमा आशनग्रहण गर्न भनिएको थियो ।

प्रथम सचिव न्यौपानेले मगर संघ यूकेले हरेक वर्ष नेपाली कलाकारलाई विदेशी भूमिमा मञ्च दिएको र नेपाली संगीतलाई विश्वमा फैलाउने काम गरेको भन्दै प्रसंशा गर्नुभयो।  उहाँले बेलायतमा बसोबास गर्ने नेपाली समुदायको व्यस्त जीवनशैलीलाई एक दिन भने पनि मनोरन्जनमा सामेल गराउने काम नेपाली राजदुतावासले गर्ने काम मगर संघले गरेकोमा आफु अत्यन्तै खुशी र प्रसंशा गर्नुभयो।

औपचारिक कार्यक्रम संघका महासचिव गोमन पुनले सन्चालन गरेका थिए भने सास्कृतिक सचिब नुनु पाइजाको नेतृत्वमा गायक पवन राना र स्वरुपा थापाले अत्यन्तै रोचक ढंगले कार्यक्रम सन्चालन गरेका थिए।

कार्यक्रम पश्चात् रग्बी क्लबमा आइतबार नै नेपाल प्रस्थान गर्ने कलाकार द्वय अन्जु पन्त र खेम सेन्चुरीलाइ बिदाइ गरेका थिए।

Related Articles

Back to top button