खेलकुद

यलम्बरहाँङ कप २०२५ को तयारी पुरा

आज गोलाप्रथाबाट टिम ड्र हुदै

लण्डन,
आउदो २६ अप्रिल २०२६ का दिन सम्पन्न हुने यलम्बरहाँङ फूटबल कपको १६औं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

किरात याक्थुङ चुम्लुङ युकेले विगत १६ बर्ष देखि युकेमा रहेका नेपालीहरु बीच यलम्बरहाँङ कपको आयोजना गर्दै आपसी भातृत्व विकासमा टेवा पुरयाउदै आएको छ । यस बर्ष मेन (मुख्य) टिममा १६, भ्याटरन टिममा ८ र सुपर भ्याटरनमा ८ गरि जम्मा ३२ टिमले आपसमा प्रतिस्पर्धा गर्नेछन । मेन टिमका विजयीले रंनिङ शिल्ड, ट्रफि सहित नगद १ हजार पाउण्ड प्राप्त गर्नेछन भने उपविजेताले नगद ५ सय, भ्याटरन टिमका विजेताले नगद ६ सय र उपविजेताले नगद ३ सय, सुपर भ्याटरन टिमका विजेताले नगद ६ सय उपविजेताले नगद ३ सय प्राप्त गर्नेछन ।

युुकेमा रहेका लिम्बुहरुले किनेको आफ्नै साढे १६ विघा क्षेत्रफल रहेको जग्गामा ५ वटा फूटबल खेलमैदान तयारी भएको कुरा संयोजक तथा उपाध्यक्ष सन्त हुक्पा चोङवाङले बताएका छन । लण्डन नजिक मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङदेन खेलमैदानमा आउदो शनिवार विहान १० बजे खेल शुरु हुनेछ भने कुन फूटबल टिम कुनसंग खेल्ने भन्ने गोलाप्रथा आज २४ अप्रिलको दिउसो अल्डरसट स्थित ओजन रेष्टुरेष्टमा हुने आयोजक सदस्य दिपेन्द्र यक्सोले बताएका छन् ।

यस बर्षको यलम्बरहाँङ कपमा खानपीन, ब्यापार ब्यवसायको दोकान लगायत आकर्षक खेलाडी तथा आमन्त्रित पाहुनाहरु रहने बताईएको छ । यसपटकको आकर्षक ब्रम्लिसाउथ क्लवबाट लिग टु मा खेलिरहेका दिपराज लिम्बु पनि खेल्नेछन । अघिल्लो बर्ष क्यूजि सिंग्नल्सले यलम्बरहाँङ कप चुमेका थिए भने भ्याटरन टिमको विजेता क्यूजि मस्टर र सुपर भ्याटरनको विजेता इलाम एफसी बनेका थिए ।

यलम्बरहाँङ कप २०२४ को विजयी टिम

Related Articles

Back to top button