चुट्किला

सोचनीय कथाः विसालु हावा

एक महिलाले अर्की महिलालाई सोधिन् — “तिम्रो जन्मदिनमा श्रीमानले के उपहार दिए ?”

दोस्री महिलाले जवाफ दिइन — “अह ! केही पनि दिएनन् त !”
पहिलो महिलाले फ़ेरि सोधिन् — “कस्तो श्रीमान् हो तिम्रो ? आफ्नो श्रीमतीलाई खुसी राख्न केही दिन पनि नसक्ने, कि तिम्रो श्रीमानलाई माया नै छैन तिमी प्रती ?”

यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा विषालु हावा बनेर घुस्यो । साँझ जब पति घर आए, तब उनले श्रीमतीको अनुहार लत्रिएको देखे । यसै विषयमा दुबै जनाको झगडा सुरु भयो । दुबैले एक अर्कालाई सराप्न थाले । बोलचाल बन्द भयो । आखिरमा पति पत्नीमा डिभोर्स भयो ।

उनीहरूमा समस्याको सुरुवात त्यो फजुलको प्रश्नबाट भएको थियो जुन महिलाको हालचाल जान्न आएकी साथीले सोधेकी थिइन् ।
————
एक जना व्यक्तिको भेट आफ्नो पुरानो मित्रसँग भयो । भेट हुँदा साथ पहिलो मित्रले आफ्ना पुरानो दोस्रो मित्रसँग सोधे — “तिमी आज भोलि कहाँ काम गर्दैर्छौ ?”
दोस्रो मित्रले पहिलो मित्रलाई आफू काम गर्ने पसलको नाम बतायो !
पहिलो मित्रले फ़ेरि सोधे — “मालिकले तलब कति दिन्छन् ?”
दोस्रो मित्रले जवाफ दिए — “२५ हजार रूपैयाँ मासिक ! ”
पहिलो मित्रले भने — “मात्र २५००० रूपैयाँ ? यति पैसामा तिम्रो जिन्दगी कसरी चल्छ? ”
दोस्रो मित्रले गहिरो सास लिँदै भन्यो — “कुरा नगर साथी, जिन्दगी जेनतेन चलेकै छ, तिमीलाई के बताऊँ?”

उनीहरूको भेटघाट सकियो । तर पहिलो मित्रको प्रश्न दोस्रो मित्रको दिमागमा विषालु हावा बनेर घुसिसकेको थियो । केही दिन पछि दोस्रो मित्रको आफ्नो काम प्रति लगाब कम हुँदै जान थाल्यो । उसले तलब बढाउनु पर्ने माग मालिक सामु राख्यो ! तर उसको माग मालिकले ठाडै अस्वीकार गरिदियो !
अन्तमा दोस्रो मित्रले नोकरी छाड्यो । अब उ बेरोजगार छ ! पहिले उससँग काम थियो ! अब उसँग कुनै काम छैन ! अहिले ऊ मात्र होइन उसको परिवार नै समस्यामा छ !
————-
आफ्नो छोरासँग अलग्गै बस्ने एक जना वृद्धसँग एकजना व्यक्तिले सोध्यो — “तपाईंको छोरा तपाईँलाई भेट्न एकदमै कम आउने गर्छ, के उसलाई तपाईंको माया लाग्दैन ?”
वृद्धले भन्यो-” मेरो छोरा आफ्नो काममा एक दमै व्यस्त रहन्छ । उसको काम पनि एकदमै टाइट छ । मलाई मात्र होइन आफ्नो श्रीमती र बच्चाहरूको लागि पनि उसलाई एकदमै कम समय मिल्दछ ।”
व्यक्तिले भन्यो — ” वाह! यो के कुरा भयो ? तपाईँले उसलाई पालन पोषण गर्नु भयो ! उसको हरेक इच्छाहरूलाई पूरा गरि दिनु भयो ! अब उसलाई व्यस्तताको कारण आफ्नो बुबालाई भेट्ने समय पनि छैन ? यो त तपाईँलाई नभेट्ने एक बहाना मात्र हो ।”

यो कुराकानी वृद्धको मनमा विषालु हावा बनेर छिर्‍यो । अब बृद्धको मनमा छोरा प्रति शंका पैदा हुन थाल्यो । अब छोरो भेट्न नआउँदा बृद्धाले मेरो छोरासँग मेरो लागि बाहेक सबैको लागि समय छ भनी सोच्ने गर्न थाल्यो । यो कुरा बृद्धाको मनमा यति गढ्यो कि यही चिन्ताले बृद्धको सोचे भन्दा छिटै निधन हुन पुग्यो !

हामीले गर्ने केही प्रश्नहरू हामीलाई सामान्य लाग्न सक्छन् तर यसले अरूको जीवनमा विषालु हावाको काम गर्ने गर्छ । अनजानमा वा जानीजानी गरिने यस्ता प्रश्नहरूले अरूको जीवनमा घृणाको बीउ रोप्न सक्छ । अरूको जीवननै बर्बाद गर्न सक्छ । आज हाम्रा वरिपरि जुन तनाव भइरहेका छन् त्यसको जडसम्म पुग्यौं भने अक्सर त्यसको पछि अन्य व्यक्तिहरूले फैलाएका यस्तै कुनै विषालु हावा हुने गर्छ ।

यस्ता विषालु हावालाई नजरअन्दाज गर्न सिकौं ! यस्ता विषालु हावा फैलाउने कारक बन्नबाट बचौं ! अन्य मानिसहरूको घरमा जाँदा अन्धा बनेर जाऔं र निस्कदा लाटो-गुँगो बनेर निस्कौं ।

स्रोत : सामाजिक सञ्जाल

Back to top button