मनोक्रान्ति टिम युकेको पांच दिनको ज्ञान, योग र ध्यान शिविर सम्पन्न
डिसेम्बर महिना २६ गते बिहिबार २०२४
मनोक्रान्ति टिम युकेको आयोजनामा पांच दिनको ज्ञान, योग र ध्यान शिविर डा. योगी विकाशानन्द गुरुबाट भर्चुअल जूम मार्फत सु-सम्पन्न भएको छ।
उक्त प्रशिक्षणमा नेपाल, स्पेन, नर्दरआइर्ल्यांड, नेदरल्याण्ड र युके गरि ६२ जना भन्दा बढीको सहभागिता रहेको थियो।
सेमिनारको मुख्य उद्देश्य मानव जीवनमा आइ परेका बाधा समस्या जुन परिवार समाज वा देशमा घटेका समस्याले डिप्रेशन एञ्जाइटी दिसअर्डर हुनबाट जोगिनका साथै हामीलाई भौतिक र मानसिक रुपमा शान्त र आनन्द प्राप्तिको लागि रहेको आयोजकले बताएका छन्।
पहिलो दिनको सेसनमा पाच सुनौलो नियम, ५ गोल्डेन रुल कुनै व्यक्तिले गल्ति गरेको छ भने दुबैको ५० / ५० प्रतिशतको भागिदार हुञ्छ । म्याक्रो लेबल र माइक्रो लेबल। बाहिरि देख्ने र भित्रि नदेख्ने। एक हातले ताली बच्दैन भने जस्तै गहिरिएर सोच्ने हो भने एक पक्षको मात्र गल्ति नभई दुवै पक्षको दोष हुञ्छ। मानौ बच्चाले शिशाको गिलास फुटाउछ हामी बच्चालाई दोष दिन्छौ तर दोष आमाबाबुको पनि हो। बच्चा (डायरेक्ट) र आमाबाबु (अप्रत्यक्ष) समान रूपमा जिम्मेवार। किनभने यदि आमाबाबुले स्टिलको ग्लास दिएको भए बच्चाले शिशाको गिलास फुटाउने मौका पाउँदैन।
हामी आफ्नो गल्ती बुझ्न सक्छौं भने, हामी पारिवारिक झगडा कम गर्न सक्ने कुरा गुरुले बताउनु भएको छ।
दोस्रो नियम – तपाईं अरूलाई परिवर्तन गर्न सक्नुहुन्न: विश्वव्यापी रुपमा हामी अरूलाई परिवर्तन गर्न सक्दैनौं। हामीले अरुलाई दबाब दिएर आफु जस्तै बनाउन सक्दैनौ। यदि कसैले जीवन साथी , बच्चा, नेता वा समुदाय आदि परिवर्तन गर्न चाहन्छौं भने वास्तविकतामा सबै परिवर्तन गर्न सक्दैन। केवल हाम्रो प्रेम परिवर्तन हुन सक्छ। जहाँ नियम हुन्छ तर प्रेम हुँदैन, जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन ।
तेस्रो नियम – खाली तपाइँ आफैलाई परिबर्तन गर्न सक्नु हुन्छ । चौथोमा – आफु बदलियो भने अरु स्वतः बदलिन्छ । अरुलाई बदल्नु छ भने पहिला आफुलाई बदल्नु पर्छ। माया प्रेम मागेर पाउने होइन पाइदैन, माया दिनु पर्छ पहिला। आफ्नो गल्ति पत्ता लगाउन सक्नु पर्छ । पाचौमा – बेवास्ता गर्नु वा स्विकार्नु, कसैको खराब बानी सुधार्न सकिँदैन भने अथवा उनीहरूले अरुलाई मात्र दोष दिन्छन भने वास्ता नगर्नु नै उचित हुन्छ। त्यस्तै अर्को दिन – न्युरो साइन्टिस्टको भनाइ अनुसार सके सम्म ४ मिनेट देखि आधि धन्टामा समस्या सुल्झाउनु पर्छ, नत्र दुख बढेमा मानसिक रोगको वृद्धि हुन जान्छ। दुनियाँमा ४ थरिका ब्यक्ति हुन्छ्न । मैत्रीय (मेरो तह्का), करुणा (म भन्दा तल्लो तह्का), मुदिता, र उपेक्षा।
आफु भन्दा माथिल्लो (उमेर, धन बुद्दि), तल्लो (उमेर, धन, बुद्दि, जस्लाइ मैले माया गर्नु पर्ने मान्छे), मेरै लेभलको मान्छे (कुरा मिल्ने, मन मिल्ने, धन मिल्ने) । आफु सरहको संगतमा धेरै गुण मिल्न सक्छ जीवन यापनमा सहज हुने जानकारी दिनु भयो।
पछिल्लो २ दिनमा – क्रिसमसको शुभकामना सहित मेडिटेसन बाट सुरु गराउनु भएको थियो। आफ्नो ब्यक्तिगत जीवनमा परेको प्रभावबाट अहिले सम्म भएको परिणाम सफल रहेकोमा परिवार होस् अथवा समाजमा राम्रो सम्बाद वा कम्युनिकेशन दोहोरो हुनु पर्छ। गल्तीले झगडा मनमुटाव शुरु भएमा पछाडीको घटना (रेट्रोसोएक्टेक्सन) कहाँ र के कुराबाट सुरु भएको पत्ता लगाई सके पछि आफ्नो गल्ति स्वीकार्नु सबै भन्दा राम्रो पक्ष रहेको बताउनु हुन्छ ।
शिविरको अन्तिम दिनमा ध्यानबाट सुरु गरि धनलाई कसरी जोगाउने फाइनान्सिअलि फ्री कसरी भइन्छ र भएन भने हाम्रो व्यबहारमा गाह्रो पर्ने सन्दर्भमा कुरा राख्दै, जीवनमा जतिसुकै कमाई गरे पनि टिकाउनै सकिएन भने कमाइको अर्थ नरहने, जस्तै रिचेस्ट म्यान अफ द बेबिलोनको पुस्तकमा भनिएको छ कि कमाउनु समस्या होइन, त्यो कमाएको धन बचाउन नसक्नु समस्या हो। हामीले कमाएको सम्पत्ती 10% अरुलाइ दिदा हाम्रो अत्मा सम्मान बढ्नुको साथै सन्तोष बढछ। यस्लाइ डोनेशन थेरापी पनि भनिन्छ । हाम्रो जीवनमा विभिन्न समस्याले सताई रहेको हुन्छ त्यसलाई हामीले कसरी लिन्छौ त्यसमा भर पर्छ। लामो समय सम्म तनावले मानसिक असर पर्ने हुनाले त्यसबाट बच्न ॐ अपोनो पोनो सुत्र प्रयोग गरि सरि, मलाइ माफ दिनु, धन्यबाद र म तिमीलाई माया गर्छु भनि लगातार दोहोर्याई राख्दा तनावबाट राहत मिल्नुका साथै मानसिक पिडाबाट बाहिर निस्कन मद्दत मिल्ने जानकारी दिनु भएको थियो।
अन्त्यमा प्रस्न उत्तरको साथ देश विदेशका मनोक्रान्ति अनुयायीहरू माझ ज्ञान योगको बारेमा केहि जानकारी दिन पाउदाको खुशी ब्यक्त गर्दै नगेन्द्र नेम्बाङ्, गोप सिंजाली लगायत मनोक्रान्ति युके टिमलाई धन्यबाद दिदै आगामी दिनमा अझ बढी ज्ञान, योग, ध्यानको अभ्यास होस् भनि शुभकामना ब्यक्त गरेका थिए।