आदिवासी जनजाति महासंघ युकेको अल्डरसटमा भोली ६ जुलाईमा ‘डिनर नाइट’ कार्यक्रम हुने

अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आगामी ६ जुलाई २०२५ मा ‘डिनर नाइट’ कार्यक्रम गर्ने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा डिनर नाइट कार्यक्रम हुने आदिवासी जनजाति महासंघ बेलायत अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिए । कार्यक्रम दिउँसो ४ देखि राति ११:४५ बजेसम्म सञ्चालन हुनेछ ।
सो कार्यक्रम आयोजनाको मुख्य उद्देश्य संस्थाको वार्षिक भेटघाट तथा आर्थिक संकलन रहेको उनले प्रस्ट पारे ।
कार्यक्रम बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ । कार्यक्रममा बेलायतभर क्रियाशील विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरूका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निमन्त्रणा दिइएको छ । महासंघ सन् २००९ मा स्थापना भई क्रियाशिल छ ।
संस्थागत रुपमा किरात राई यायोक्खा बेलायत, किरात याक्थुङ चुम्लुङ बेलायत, किरात सुनुवार कल्याणकारी संस्था बेलायत, मगर संघ बेलायत, शेर्पा संघ बेलायत, तामाङ समाज बेलायत, पासा पुचः गुठी बेलायत, दुरा समाज बेलायत, छन्त्याल समाज बेलायत, तोक्पेगोला समाज बेलायत, मूलवासी एकता, आदिवासी जनजाति महिला महासंघ बेलायत, आदिवासी जनजाति युवा महासंघ बेलायत, आदिवासी जनजाति पत्रकार महासंघ लगायत अन्य संस्थाहरूबाट उपस्थिति रहने छ ।
कार्यक्रममा अध्यक्ष मेजर राईले महासंघको सांगठनिक अवस्था, प्रगति र भावी रणनीतिबारे जानकारी दिने छन् । त्यस्तै, “Pledge & Bless (P&B)” शीर्षकको विशेष सत्रमा सहभागी अतिथिहरूले संस्थाको प्रगतिको लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाउने र शुभकामना प्रदान गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।
कार्यक्रमको अर्को मुख्य आकर्षणका रूपमा नेपालबाट आएका कलाकारहरूद्वारा सांगीतिक तथा नृत्य प्रस्तुतिहरू रहनेछन्।
news courtesy: www.gurkhamedia.com