प्रवासमनोरञ्जन

स्याङ्जा समाज युकेले ८ जुनमा समर भेट्घाट, बि• बि• क्यु• छुट्टै किसिमले मनाउने

लण्डन २१ मे २५।  ८ जुनमा स्याङ्जा समाज युकेले समर भेट्घाट,बि• बि• क्यु• बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमका साथ मनाउने भएको छ।

कार्यक्रम The Grange Community Junior School, Farnborough GU14 8TA मा बिहानको ११ बजे देखि बेलुकाको ९ बजे सम्म हुनेछ।  टिकट दर £२० राखिएको छ।

गत १६ मे मा अध्यक्ष भरत गुरुङको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष भक्त दर्जी कार्यक्रम संयोजक, महासचिब राम राज शर्माले यस पटक अझ थप कार्यक्रम राखेर सबैलाई अबिस्मरणिय मनोरञ्जनात्मक बनाउन पुर्ण तयारी अबस्थामा भएको जानकारी दिएका छन्।
साथै स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष तथा ट्र्स्टिज, सल्लाहकार, कार्यसमिति, आमा समूह लगायतका सदस्यहरुले अत्यन्तै उत्साहका साथ काम अगाडि बढाएको जानकारी समेत दिएका छन् ।

यस पटक बिभिन्न खेलहरु -महिला म्युजिकल कुर्सी गेम, महिला घैटो फुटाल्ने, अंतर गाउले समाज पुरुष फुटबल हुनेछन् भने समाजका सदस्य कसैले आफ्नो कला प्रस्तुत गर्न चाहनु हुन्छ भने कृपया आफ्नो नाम टिपाउन समेत संयोजकले अनुरोध गरेका छन्।

कलाकार सबिना गुरुङको साथमा रमाईलो गर्नुका साथै अन्य मनोरञ्न र भेट्घाट्को लागि अध्यक्ष गुरुङले ईच्छुक सबैलाई आईदिन हुन हार्दिक निमन्त्रणा गरेका छन्। समय, स्थान र टिकट दर यस प्रकार रहेको छ ।

 

Related Articles

Back to top button