युके विशेष

युकेमा सिसेक्पा तङनाम मेला १३ जुलाईमा हुदै


केन्ट,
युकेमा रहेका लिम्बुहरुको सिसेक्पा तङनाम मेला यहि १३ जुलाईको दिन लिम्बुहरुको आफ्नै जग्गा याल्डिङ केन्टमा हुने भएको छ ।

यस पटकको मेलामा धमकेदार प्रस्तुती दिन गायक राजेश पायल राई, सुनिता थेगिम र हाक्पारे पालम गायक जीबन केदेम लगायतको उपस्थिती रहने छन् । लिम्बुहरुको मौलिक च्याब्रुङ नाचको अन्तर शाखा प्रतियोगिता, छेलो हान्ने लगायतको विभिन्न आकर्षण रहेको छ ।

मेडस्टोन काउन्सिल मेयरको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रमको अन्य आकर्षणमा चुम्लुङले खरिद गरेको साढे १६ विघा जग्गामा बनाईएको सुन्दर ६ बटा फूटबल ग्राउण्ड रहेको छ भने टाढा टाढाबाट तोङ्बा पिउनको निमित्त पनि नेपालीहरु सहभागी हुने गरेका छन ।

साउने सक्रान्तिलाई लिम्बुहरुले आफ्नै भाषामा सिसेक्पा तङनाम भन्दछन भने लिम्बुहरु आफैले चाहि आफू लिम्बुलाई याक्थुङ जाति भन्दछन । सिसेक्पा तङनाममा पुजाआजा गरेर उत्सव मनाउने गर्दछन । नेपाल लगायत विश्वभर छरिएर रहेका याक्थुङहरुले धुमधामसँग सिसेक्पा तङनाम मनाउने गर्दछन ।

लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समितिको आयोजनामा सम्पन्न हुने बार्षिक भेलामा लिम्बु तथा गैरलिम्बु सबैको सहभागिता रहने गरेकोले यस पटक ६ हजार भन्दा बढिको सहभागिता हुने अपेक्षा गरिएको कुरा भेला संयोजक तथा उपाध्यक्ष खगेन्द्र लावतीले बताए ।

कार्यक्रम हुने स्थान लण्डन नजिक मेडस्टोन, याल्डिङको चुम्लुङदेन ग्राउण्डमा हुनेछ । आयोजकले सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहभागिताको निमित्त अनुरोध गरेको छ । कार्यक्रमस्थलको पोष्टकोड ME18 6ET रहेको छ ।

Related Articles

Back to top button