केहि थप परिमार्जनका साथ गोर्खा कपको २४ औं संस्करण भब्यताका साथ सम्पन्न ।

लण्डन। गोर्खा कपको २४ औं संस्करण २४ मे आइतबारका दिन भब्ताका साथ सम्पन्न भएको छ ।
बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा मुख्य टिमतर्फ राङभाङ एफसीले २०२६ गोर्खाकपको उपाधी जित्न सफल भएको छ।
गोर्खा कप फुट्बल खेल्ने प्रतिसपर्धा गर्ने खेल मैदान मात्र नभएर ब्यपार ब्यबसाय गर्ने सुचना प्रवाह गर्ने र नेपाली समुदाय लगायत स्थानिय समुदाय संग भलाकुसारी गर्ने १२६ स्टल सहितको प्रमुख स्थल बनेको छ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा भएको उक्त फुटबल प्रतियोगितामा मेन टिममा राङभाङ समाज यूके वीनर बनेर ३५०० पाउण्ड नगद, शिल्ड, ट्रफी र सर्टिफिकेट प्राप्त गरेको छ । गुरुजी एलिट रनरअप भयो । रनर अपले २००० पाउण्ड, ट्रफी र सर्टिफिकेट पाएको छ । उक्त क्याटेगोरीमा वेष्ट म्यानेजर राङभाङ समाज यूकेका साम गुरुङ, टप स्कोरर नेप्जुम एफसीका एनियोला अलामो र प्लेयर अफ दि म्याच राङभाङ समाज यूकेका न्वाङ शेर्पा बने । भेट्रानतर्फ प्लमस्टेड एफसी र एफसी ०४ टिममा, एफसी०४ विजेता भएको छ। भेट्रान वीनरलाई १८०० पाउण्ड एवं रनरअपलाई १२०० पाउण्ड दिइयो । त्यसैगरि, भेट्रान वेष्ट म्यानेजर एफसी ०४ का सोम थापा, भेट्रान टप स्कोरर एफसी ०४ कै निशान्त गुरुङ र प्लेयर अफ द म्याच शेरजंग थापाले उपाधि पाए ।
खेलमा महिलातर्फ तामाङ समाज एफसी वीनर र राउन्डबोल्ट एफसी रनरअप बन्यो । महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाएका छन् । उक्त क्याटगोरिजमा प्लेयर अफ द म्याच तामाङ समाज यूकेकी खेलाडी सुक लामु तामाङ बनिन् ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि रसमोर बरो काउन्सिल मेयर क्यालम स्टेवार्ट, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, हिमालय जेटका दीपेन्द्र गुरुङ, एनआरएनए केन्द्रिय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह लगायतले पुरस्कार प्रदान गरेका थिए ।
फाइनल खेलअघि प्रमुख अतिथि रसमोर बरो काउन्सिल मेयर क्यालम स्टेवार्टले गोर्खा कप आयोजकलाई बधाई दिएका थिए।
कार्यक्रम संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्याप्टेन दिपक घलेले मन्तव्य राख्दै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे। कार्यक्रममा तमुधिं यूकेले रसमोर बरो काउन्सिलका मेयरलाई ५०० पाउण्ड, गोर्खा वेलफेयर ट्रष्टका कर्णेल बीजीलाई ५०० पाउण्ड, अतिथि अण्डर १५ स्कटिस राष्ट्रिय खेलाडी मेलिसा रेग्मी र लेजेन्ड अफ गोर्खा कप विजेता डेनिस महर्जनलाई नगदसहित सम्मान गरेको छ।
तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, अल्डरसट ग्यारिसनका कमाण्डर लेफ्टिनेन्ट कर्णेल म्याकफर्सन, ब्रिगेड अफ गोर्खाजका कर्णेल रोबिन्सन, स्कटिश राष्ट्रिय फुटबल खेलाडी (अण्डर १५) मेलिसा रेग्मी, हिमालयन जेटका निर्देशक दीपेन्द्र गुरुङ, सस्थाका सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, ट्रष्टिहरु,विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधी, काउन्सिलर लगायत सयौं अतिथीहरु रहेका थिए ।
प्रथम पुरस्कार हिमालयन जेटले प्रायोजन गरेको थियो भने अन्य प्रायोजकहरुमा मःम किङ स्वीन्डन, मःम स्टेशन अल्डरसट, पोखरा रेस्टुरेन्ट लन्डन, आइएमइ लन्डन, सोल्टिज किचेन बुलफोर्ड, ह्याम्पसायर अकाउन्टिङ, नेपब्रीज, ट्रु एक्स, लेफ्टिनेन्ट कर्णेल बिल वीथर्स र पेपरवर्क सोलुसन थिए । सचिव विमल गुरुङले प्रायोजकहरुलाई धन्यवाद दिंदै उनीहरुको नामावली सुनाएका थिए। कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका बालबालिकाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने यो पाली पनि साउन्ड सिस्टममा गोर्खा साउन्ड सिस्टमले मद्दत गरेका थिए।

आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कप भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले यस इभेन्ट बेलायती नेपाली समुदायकै साझा र सबैले अपनत्व गर्ने खालको बनेको उल्लेख गर्दै सबैको साथले नै भब्य सफल भएको, पहिलो पटक वाईफाईको ब्यबस्था, ठुलो स्क्रीन र नानीहरुको लागि फन फेयरको ब्यबसथा गरेकोमा खुशी ब्यक्त गर्दै आगामी बर्षहरुमा पनि यसरी नै सफल पारिदिनु हुन्छ भन्ने पुर्ण विस्वास राख्दै आफ्नो भनाई प्रस्तुत गरेका थिए।





