युके विशेष

शेर्पा संघ युकेको लोसार नयाँ नेतृत्व घोषणाः युकेका नेपालीहरु असुरक्षित – एनआरएन अध्यक्ष गाहमगर

आसफोर्ड,
गत १७ फेब्रुवरी २०२४ का दिन युकेमा रहेका शेर्पाहरुले ग्लाल्पो लोसार आसफोर्ड स्थित मनाएका छन ।

शेर्पा संघ युकेको आयोजना ग्याल्बो लोसार शिङ् फो डुक ल्हो २१५१ मनाएका हुन । कार्यक्रममा विशिष्ट अतिथि रहेका गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहमगरले युकेमा रहेका नेपालीहरु असुरक्षित रहेको बताएका छन । युकेमै जन्मिएर युकेकै पासपोर्ट बोकेका २८ बर्षिय एक युवक केही हप्ता अघिमात्र देश निकाला भए र उनको बुबा पोर्चुगिस रहेको कारण उनलाई देशनिकाला गरि पोर्चुगल पठाईएको थियो । सो घटनालाई उदृत गर्दै गाह मगरले युकेमा रहि बृटिस पासपोर्ट बोकेकाहरुको हकमा समेत युके सुरक्षित नरहेको बताए । गोर्खाको सन्तानहरु स्टेटलेस हुन नदिनको लागि वंशजको नागरिकता निरन्तरताको निमित्त युकेमा रहेका आम नेपालीहरुले गैर आवासीय नेपाली संघको अभियानमा सहयोग गर्न आवश्यक रहेको बताए । कार्यक्रमलाई नेपाली दुतावास लण्डनको उपनियोग प्रमुख रोसन खनालले पनि प्रमुख अतिथिको रुपबाट सम्बोधन गरेका थिए ।

गत १२ फेब्रुवरीका दिन निर्वाचित नयाँ नेतृत्वको घोषणा पनि ल्होसारकै कार्यक्रममा गरिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षः रिन्जी लामा शेर्पा, प्रथम उपाध्यक्षः नुरी शेर्पा, उपाध्यक्षः आङदेली शेर्पा, महासचिवः नोर्बु शेर्पा, सचिवः जाङ्मु शेर्पा, कोषाध्यक्षः छत्ते शेर्पा, सहकोषाध्यक्षः माया लामा शेर्पा, साँस्कृतिक सचिवः निमा डेकी शेर्पा, सहसाँस्कृतिक सचिवः लक्की शेर्पा र सदस्यहरु क्रमशः डोल्मा शेर्पा, पाल्देन शेर्पा र निग्मा शेर्पा रहेका छन ।

पहिलो चरणको औपचारिक कार्यक्रम पश्चात दोस्रो चरण साँस्कृतिक कार्यक्रम रहेको थियो । संयोगवस यस बर्ष शेर्पाहरुको ग्लाल्पो ल्होसार, तामाङहरुको सोमान ल्होछार र चाईनीज नयाँबर्ष एकैदिन गत १० फेब्रुवरीका दिन परेको थियो । प्रत्येक ३ बर्षमा यसरी एकैदिन पर्ने गरेको छ । स्मरण रहोस १२ ल्होको आधारमा नयाँ बर्ष शुरुहुने क्यालेण्डर अनुसार यो बर्ष ड्रयागन बर्ष शुरु भएको छ । ड्रयागन बर्षलाई सन्तान बनाउनुलाई शुभ मानिन्छ ।

ग्याल्पो लोसार कार्यक्रम प्रत्येक बर्ष भिन्नभिन्न ठाँउमा आयोजना गरिने गरेको र यसबर्ष शेर्पाहरुको मुख्य बसोबास इलाका आसफोर्डमा भएको थियो । कार्यक्रम संयोजक गोम्बा शेर्पा रहेका थिए भने संचालन महासचिव रिन्जी लामा शेर्पाले संचालन गरेका थिए ।

Related Articles

One Comment

  1. Note to editor.
    This 28 year old man did not have a British passport. He was deported due to Brexit policy for individual involvrd in crime.
    Please try research and publish the whole truth. Be a good journalist.
    Wish you well.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button