भूपू गोर्खा कोलम

गोर्खाको भिषा आवेदन अस्वीकृत भएमा अपिल गर्न पाउनुपर्ने मागको फैसला आउदै

लण्डन,
गत १९ जुन २०२४ का दिन गोर्खा र परिवारको भिषा आवेदन अस्वीकृत भएको खण्डमा अपिल गर्न पाउनुपर्ने भनी तल्लो तहको ट्राइबुनल ह्याटनक्रसमा बहस भयो ।

सो बहसको अन्तिम फैसला एकहप्ता भित्र दिने भएको कुरा राजु थापाले बताए । गत ५ अक्टोबर २०२३ का दिन युकेको गृह मन्त्रालयले एक कानुन बनाई जारी गरेसँगै अब गोर्खा र परिवारले दिएको भिषा आवेदन असफल भएमा एडमिन रिभ्यू अर्थात के के कुराको अभावले अस्वीकृत भएको सो कुरा हेर्न मात्र पाउनेछन तर पुनः आवेदन दिन पाउने छैनन । यो नयाँ कानुनसँगै गोर्खाको परिवार युकेमा आउनेक्रम घटदो छ, करिब ७० प्रतिशत भन्दा बढि नेपालीहरु पुनः अपिल गरेर मुद्धा जितेर युके आउने गरेका थिए ।

ह्याटनक्रस ट्राईबुनलबाट अपिल गर्न पाउनुपर्छ भन्ने फैसला भएको खण्डमा युके आउन बाँकी रहेका धेरै गोर्खा र परिवारलाई युके आउने अवसर प्राप्त हुनेछ यदि रिभ्यू मात्र गर्न पाउने तर अपिल गर्न नपाउने भन्ने यथावत रहेमा युकेमा गोर्खा र परिवार आउनेक्रम घटदो हुनेछ । कस्तो फैसला आउछ भन्न नसकिने तर फैसला उपर पूर्नविचारको निमित्त निवेदन दिन सकिनेछ ।

युकेमा रहेका ४ वटा ल फार्महरुको सयुक्त सहभागितामा ह्याटनक्रस ट्राईबुनलमा सुनुवाई भएको हो । आवेदन प्रोसेसमै रहेका केही केशहरुलाई नै मुद्धाको विषय बनाईएको हो ।

Related Articles

Back to top button