युके विशेष

१९८१ मा भर्ती भएका २/८१ इन्टेकको ४३औं बर्षगाठ सम्पन्न

गोमा राना,

गत मे महिनाको ११ तारिख २०२४ शनिबारको दिन फार्न्बोरोको स्पोर्ट्स कलेजमा २/८१ इन्टेक नम्बरीले ४३ औ वर्षगाठ विभिन्न कार्यक्रममा साथ नेपाल देखि आउनु भएका गायिका भुमिका गिरी,यज्ञ विक र भान्जीहरु सङ्गीता गिरी र लोइस नेपालीको बेजोड नृत्यका साथ भव्यताका साथ वार्षिक भेटघाट सम्पन्न भयो।

कार्यक्रमको शुभारम्भ सस्थाका निवर्तमान अध्यक्ष नगेन्द्र श्रेष्ठ र सुनिल रानाबाट दिप प्रज्वलन भएको थियो। त्यस पछि राष्ट्रिय गान र अहिले सम्म गुमाएका नम्बरीहरुको चिर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो।

नम्बरी भेलामा नम्बरीहरुको छोराछोरीले उच्च शिक्षा हासिल गरेका, छोराछोरी बिबाह बन्धनमा बाधिएका र नाति नातीना भएकाहरुलाइ खादा र सर्टिफिकेटले बधाई दिइएको थियो। वहाँहरुको खुशीयालीमा नम्बरीसङ्ग खुशी बाँड्दै सस्थाको लागि स्पोन्सर पनि गरेका थिए। पहिलो चरणको अन्त्यमा उपस्थित तथा कारण बस उपस्थित हुन असमर्थ र प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने नम्बरीसबैलाई धन्यवाद दिदै बर्षको यो एउटा सुनौलो अवसर जमघट हो कि नम्बरीले बिगतको दिन सम्झिदै एकापसमा भला कुसारी गर्ने दिन भन्दै आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम सेर पुनले सन्चालन गरेका थिए।

४३औं वर्षगांठको उपलक्ष्यमा केक काट्ने कार्यक्रम पछि दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल द्र र नेपालबाट पाल्नु भएका कलाकारहरूबाट भरिपुर्ण मनोरञ्जन गराइ सबैलाई नचाउन सफल भएका थिए। लोक दोहोरी प्रतिस्ठान युके शाखाका निबर्तमान अध्यक्ष टंक सेरचनको मुक्तक प्रस्तुतिले थप मनोरञ्जन भएको थियो भने नम्बर्नी उमा गुरुङले एकल नृत्य समेत प्रदर्शन गरेकी थिइन।

राफल द्र् मा पहिलो पुरस्कार द प्यालेस रेस्टुरेन्टले स्पोन्सर गरेको आधा तोला सुन धन गुरुङ्ले हात पार्न सफल भएका थिए भने क्रमश पपी गुरुङ, नेत्र लिम्बु, जानकी राजभण्डारीले हात पारेका थिए।

गत २४ मार्च २०२४ आइतबारको दिन अल्डर्शट द प्यालेसमा भएको अधिबेशनबाट अध्यक्षमा सुनिल राना उपाध्यक्षमा बेल बुढाथोकी, सचिबमा सेर पुन कोषाध्यक्ष बेम थापा लगायत मनोनित सबै नयाँ कार्यसमितिलाइ यो वार्षिक भेटघाटमा स्वागत तथा बधाई र निवर्तमान अध्यक्ष नगेन्द्र श्रेष्ठको टिमलाइ बिदाइ गरिनुका साथै सफल कार्यकाल पूरा गरेकोमा बधाई ज्ञापन गरेका थिए। तीन कार्यकाल भरिनै कोषाध्यक्षमा लगातार प्रसंशनिय काम गरेकोले सुर्य गुरुङ्लाइ सस्थाले मायाको चिनो प्रदान गरेको थियो।

यसको साथै स्थापना काल देखि निवर्तमान अध्यक्ष सबैलाई खादाले सम्मान गरि बधाई दिएका थिए।

Related Articles

Leave a Reply

Back to top button