प्रवास

भोटेकोसीका बाढीपीडितका लागि नेपाली सोसाइटी ब्रेकनद्वारा नौ लाख रुपैयाँ सहयोग

ब्रेकन, वेल्स । बेलायतको वेल्सस्थित नेपाली सोसाइटी ब्रेकनले नेपालको रसुवा–भोटेकोसी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि ४ हजार २३२ पाउन्ड सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

सोसाइटीका सचिव खड्क चोङबाङ लिम्बुका अनुसार करिब नौ लाख नेपाली रुपैयाँ बराबरको उक्त रकम सन् २०२६ अक्टोबर १३ मा कोषमा जम्मा गरिएको हो।

संकलित रकममध्ये सोसाइटीका ४४ जना सदस्यले स्वेच्छिक रूपमा ३ हजार २०८ पाउन्ड योगदान गरेका थिए। थप १ हजार २४ पाउन्ड भने स्थानीय काउन्सिलको अनुमति लिएर दुई दिनसम्म सडकपेटीमा दानपेटिका राखी संकलन गरिएको थियो।

सोसाइटीका अध्यक्ष मिनप्रसाद पाइजाको अगुवाइमा सञ्चालन गरिएको सहयोग संकलन अभियानमा उपाध्यक्ष डम्बरबहादुर सुनुवार, काउन्सिलर महादेव थापा, मेजर खुसीमान गुरुङलगायत सदस्यहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेको सचिव लिम्बुले जानकारी दिए।

प्रवासमा रहेका नेपाली सदस्य तथा स्थानीय दाताहरूको सहयोगबाट संकलित रकम बाढीपीडितको उद्धार तथा राहतमा योगदान पुर्‍याउने उद्देश्यले कोषमा पठाइएको सोसाइटीले जनाएको छ।

Related Articles

Back to top button