आदिवासी

चुम्लुङ बेल्जियमको अध्यक्षमा लक्ष्मी इधिङ्गो, ११ सदस्यीय समिति सर्वसम्मत चयन

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिवेशनबाट लक्ष्मी इधिङ्गो (माकुना) को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

१८ अक्टोबर २०२६ का दिन सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा बलबहादुर सेनेहाङ, सचिवमा धनराज कन्दङ्वा र कोषाध्यक्षमा मोहन सुब्बा (सचिन) चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा अमित लिम्बू, रुपा लिम्बू, पदम साम्बाहाङ्फे, डम्बर इधिङ्गो, मान लाबुङ, विष्णु योङ्हाङ (जीना) र सन्दीप पालुङ्वा चयन भएका छन्।

नयाँ कार्यसमितिले याक्थुङ भाषा, लिपि, मुन्धुम, मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै संस्थालाई अझ एकताबद्ध, सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ।

Related Articles

Back to top button