समाचार

उज्यालो नेपाल पार्टीको धरान-१५ वडा भेला सम्पन्न

डिक बहादुरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

विजयपुर, १४ अक्टोबर । उज्यालो नेपाल पार्टी धरान उपमहानगरपालिका वडा नम्बर १५ को वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । बिहीबार धरान–१५ स्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित भेलाले डिक बहादुर (गोले) तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

पार्टी केन्द्रीय सदस्य जेन्टल लाओती सम्बाेधन गर्दै ।

धरान उपमहानगर समितिका अध्यक्ष अमित थेबेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवम् सुनसरी इञ्चार्ज डम्बर लाओती (जेन्टल) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

वडा समितिको उपाध्यक्षमा ललिता राई, सचिवमा नारायण तामाङ छन् । त्यस्तै, सदस्यहरूमा लक्ष्मी कुमारी देवान, अनिता मगर, कासिदल सङ्यक लिम्बू, शान्ति लिम्बू राई, काजीमान थेबे, इन्द्र थेबे, हर्कमाया लिम्बू, लाक्पा शेर्पा, कुशल लिम्बू, निशा तामाङ, सीता तामाङ, अमृत कुमार तामाङ, छत्रलाल घिसिङ, पदम घिसिङ, भूपाल तामाङ, फूलमाया तामाङ, रूपमाया घिसिङ र विपिन लिम्बू छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि डम्बर लावती (जेन्टल), गुरु राजेन्द्र स्याङ्बो, १ नम्बर प्रदेश कोषाध्यक्ष मिसन लामा, प्रदेश सदस्यहरू क्षितिज लिम्बू, सुमन घिसिङ र किरण देवान लगायतले सम्बाेधन गरेका थिए ।

पार्टीको देशव्यापी ‘तीन महिने उज्यालो मिसन अभियान’ अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। सो अवसरमा आयोजकले आगामी दिनमा धरानका सबै २० वटै वडाहरूमा तीव्र रूपमा भेला तथा संगठन विस्तारका कार्यक्रमहरू अगाडि बढाइने जानकारी दिएका छन् ।

वडा भेलाको अवसरमा आसन्न नेपालीहरूको महान चाडपर्वहरू दसैँ, शुभ दीपावली, नेपाल संवत्, बलिहाङ तङ्नाम तथा छठको पावन अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । पार्टीकी धरान उपमहानगर उपाध्यक्ष मुना काङमाङ राईले स्वागत मन्तव्य राखेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन नगर सचिव ललित जिम्बाले गरेका थिए ।

 

Related Articles

Back to top button