प्रवासयुके विशेषसाहित्य सिर्जना

विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान

विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान

लण्डन। अप्रेल २७ आइतबार २०२५, विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतले जुमको माध्यमबाट त्रैमासिक गोष्ठी सप्पन्न गरेको छ। अध्यक्ष लाल सुन्दर राइको अध्यक्षतामा प्रमुख अतिथि विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको महासचिव सुनिता राई कन्दङ्वाको आतिथ्यमा भएको थियो।

नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान गर्न राखिएको त्रैमासिक गोष्ठीमा माता तिर्थ औंशी आमाको मुख हेर्ने शुभ दिन पनि परेकोले सबैको करुणामय भावले ओतप्रोत भावना प्रस्तुतिले कार्यक्रम अत्यन्तै रोचक ममतामयी र सान्दर्भिक भएको थियो।

वरिष्ठ संरक्षक प्राध्यापक डा. सुमाया राईले त्रैमासिक गोष्ठीको उद्देश्य सहित आफ्नो भनाइ प्रस्तुत गरेका थिए। आमा प्रतिको भावले साहित्य रचना मार्फत प्रेम गङ्गा अभिव्यक्ति गरिएको थियो। यो साहित्यिक बैठकले दिएको र बोकेको भाव सन्देश उद्देश्यमुलक रहेको कुरा बिस्तृत रुपमा छर्लङ्ग पारिएको थियो। बैज्ञानिक तथा मनोबैज्ञानिक पक्षले एक पक्षीय आग्रह पुर्वाग्रही नभएर सबैको साझा चौतारीमा भेटेर मानव विभिन्न पक्षबाट सहयात्रा गरेर नेपाली भाषा साहित्यमा योगदान दिने स्थल बनेको र यसरी नै निरन्तर रुपमा यस्तो गोष्ठी राख्नु पर्नेमा सुन्दर, उत्साह र प्रेरणादायी भाव ब्यक्त गरेकी थिइन् ।

त्यस्तै केन्द्रिय महासचिव राइले आमा प्रतिको भाव मुक्तकबाट आज बाचन भएका रचनाको समिक्षा गर्दै सबै कविता, गीत मुक्तकले दिएको संदेश साथै छन्दमय कविताले कार्यक्रम नै सुन्दर बनाएको कुरा राख्दै, अन्य विभिन्न देश बिदेशका शाखाहरुलाइ पनि जोडेर कार्यक्रम राख्न सुझाव दिदै श्रृजनात्मक शुभकामना समर्पित गरेकी थिइन् ।

कार्यक्रम उपसचिव गंगा भन्डारीले सन्चालन गरेकी थिइन्। डा. सुमाया राई (कविता गीत) गंगा भन्डारी (छन्दमय कविता), देवी आले (कविता मुक्तक), होम सुनुवार (कविता), शान्ति लिम्बु (गीत, कविता मुक्तक), राजन राई (कविता), अध्यक्ष लाल सुन्दर राई (कविता), रोजी राई (कविता), प्रतिमा केसी (कविता मुक्तक), रघु भन्डारी (कविता), गोमा राना (कविता) लगायत उपस्थित सबैले आ-आफ्नो रचना वाचन गरेका थिए।

Related Articles

Back to top button