आदिवासी

याक्थुङ खेवाहाङ चुम्लुङ ताक्लुंग, विजयपुर समितिको अध्यक्षमा मोहन तिगेला

विजयपुर । याक्थुङ खेवाहाङ चुम्लुङ ताक्लुंग, विजयपुर समितिको अध्यक्षमा मोहन तिगेला खेवाहाङ चयन भएका छन्। डा. अमल तिगेला खेवाहाङको संयोजकत्वमा सम्पन्न भेलाले नौ सदस्यीय कार्यसमिति र सात सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

नवनिर्वाचित सचिव नारायण आङ्लाबाङ खेवाहाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार समितिको उपाध्यक्षमा रामप्रसाद तुम्बा खेवाहाङ र सचिवमा नारायण आङ्लाबाङ खेवाहाङ चयन भएका छन्। सहसचिवमा समृत मादेन खेवाहाङ र साम्मिक माङ्याक खेवाहाङ तथा कोषाध्यक्षमा सुन्दरप्रसाद चोङ्बाङ खेवाहाङ चयन भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा जयप्रकाश तिगेला खेवाहाङ, अदिप मादेन खेवाहाङ र इन्द्रकुमारी आङ्लाबाङ खेवाहाङ रहेका छन्।

भेलाले गठन गरेको सात सदस्यीय सल्लाहकार समितिमा पूर्णबहादुर आङ्लाबाङ खेवाहाङ, टेकराज तिगेला खेवाहाङ, टेकराज आङ्लाबाङ खेवाहाङ, लालकुमार तिगेला खेवाहाङ, पूर्णप्रसाद तिगेला खेवाहाङ, इन्दु आङ्लाबाङ खेवाहाङ र किशोर मादेन खेवाहाङ रहेका छन्।

सचिव आङ्लाबाङले नवगठित कार्यसमिति तथा सल्लाहकार समितिका सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Related Articles

Back to top button