मनोरञ्जन

अमेरिकाका ईन्जिनियर बिरेन थारुको दमदार अभिनय(भिडियो)

५ मे २०२४ । धेरै पहिले देखि नेपाली कला क्षेत्रमा कामगर्ने सपना बोकेका बिरेन थारू, हाल अमेरिकामा २४ बर्ष देखि बस्दै आईराख्नुभएको छ। उहां एउटा सकृय समाजसेवीका साथसाथै एनआरएनए अमेरिकाका उपाध्यक्ष पनि हुनुहुन्छ। उहांको मुख्य पेशा ईन्जिनीयरिंग भएतापनि आफ्नो कलाकारिता प्रतिको ईच्छा वंहाले कहिले पनि मर्नदिनुभएन ।

हालै उहांद्वारा अभिनित “ए कान्छी सुनन” बोल भएको म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन, पुष्कर महतोको गीत र संगीत, गायिका अन्नु चौधरी र गायक पुष्कर महतोको सुमधुर आवाज, प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन र मुख्य अभिनय मुस्कान चौधरी र बिरेन थारूको रहेको छ । यस म्युजिक भिडियो लोकेन्द्र चौधरीको सेविल इन्टरटेनमेन्टद्वारा युटुब च्यानलबाट प्रसारण हुंदैछ।

यस गीतमा प्रेमीले प्रेमीकालाई फकाउदै, प्रेमले भरपुर्ण वाचा र कसम खांदै राम्रो नृत्यका साथ रोमान्टिक अभिनय प्रस्तुत गरिएको छ । तलको भिडियो क्लिक गरेर यस गीत र नृत्यको मिठो मनोरंजन लिन सक्नुहुनेछ।

Related Articles

Leave a Reply

Back to top button