प्रवासमनोरञ्जन

गुल्मी जिल्ला समाज, यूकेको १७औं वार्षिक उत्सव – प्रेस मीट सम्पन्न


लण्डन।  गुल्मी जिल्लाको १७औं बार्षिक कार्यक्रम वा गुल्मेली मेला अगष्ट ३ तारिख ट्युडोर पार्क स्पोर्टस लेजर सेन्टरमा हुने बारे बिस्तृत जानकारीको लागि पत्रकार सम्मेलन भएको छ।

गुल्मी जिल्ला समाज, यूकेले हरेक वर्ष झैं यस वर्ष पनि आफ्नो सांस्कृतिक, सामाजिक र आपसी एकता प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक उत्सव आयोजना गर्ने र यो वर्ष अझ ब्रुहत रुपमा विशेष आकर्षक बनाउन थप कार्यक्रम राखिएको जानकारी अध्यक्ष थापा मगरले दिएका छन् ।

कार्यक्रममा मौलिक लोक तथा दोहोरी गीतका ख्याती प्राप्त कलाकारहरू, अर्जुन कुंवर, रचना रिमाल, श्रिस्टि पुन, सीता परियार, रेनुका भट्टराई घिमिरे, चर्चित मोडेल डान्सर अश्मिता पुरी साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी महा सचिब महलाल घिमिरेले जानकारी दिएका छन् ।

यसै गरि गुल्मीको कला संस्कृति झलकाउने प्रथम नैमती पञ्चेबाजा, सराय नाच, लाखे नाच, घाटू नाच, सालैजो, सोरठी, झ्याउरे, भजन कृतन तथा तीज गीतहरू प्रस्तुत गरेर सम्पुर्ण सहभागी जनसमुदायलाई भरपुर मनोरञ्जन गराउने उद्देश्य रहेको वताएका छन् ।

कार्यक्रम स्थलमा नै ताज़ा खाना बनाइने र सुपथ मुल्यमा तीन कोर्स खाना उपलब्ध पनि हुनेछ।

बिभिन्न ब्यापार व्यावसायीहरुको स्टल पनि रहनेछन भने राफल ड्रमा आकर्षक सुनका गहनाहरु राखिने छन् ।

कार्यक्रम नेपाली दुताबास लन्डनको प्रमुख आतिथ्यमा हुनेछ भने यो कार्यक्रम लाई अबलोकन गर्न देश तथा बिदेश बाट धेरै अतिथिहरू लाई निमन्त्रणा गरिएको छ।

यो अवसरमा नेपाली समुदायको संस्कृति जगेर्ना, आपसी भातृत्व बलियो बनाउने र प्रवासी भूमिमा रहेर पनि आफ्नो कला, संस्कृति, भाषा, भेष भूषा, नेपाली खाना, गीत संगीत र पहिचान जोगाउने साझा उद्देश्यका साथ यो कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न गर्न सबै बन्दोबस्त भैसकेको समेत बताएका छन् ।

गुल्मीलाई मात्र नभई, समग्र नेपाली पहिचानलाई प्रवासमा उजागर गर्ने साझा प्रयास हो भन्दै सम्पूर्ण बेलायत बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो कार्यक्रममा उपस्थित भई सांस्कृतिक धरोहरलाई सम्मानित गर्न उत्साहका साथ सहभागी भै दिन हुन यहि पत्रकार सम्मेलन मार्फत समस्त बेलायतवासीहरुलाइ उपस्थितिको लागि अध्यक्ष लगायत सम्पुर्ण गुल्मीबासीले हार्दिक अनुरोध गरेका छन् ।

Related Articles

Back to top button