१६ औ यलम्बरहाङ कपमा एफ सि केन्ट बिजयी

१६ औ यलम्बरहाङ कपमा एफ सि केन्ट बिजयी।
लन्डन। २६ अप्रील १६ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ किरात याक्थुङ चुम्लुङ युकेद्वारा बर्सेनी खेलाउदै आएको १६औ यलम्बरहाङ कप एफ सि केन्टले हात पारेको छ । १६औ यलम्बरहाङ कप एफ सि केन्ट्ले फार्नबोरो एलाइटलाइ 0 का बिरुद्ध 1 गोल स्कोर गरि बिजय हासिल गरेका थिए। मेन टिम समुहमा एफ सि केवाइसी थोरक शाखाबाट कल्याण राइले अत्यधिक स्कोर गरे भने उता फार्नबोरो इलाइटबाट नरमान गुरुङ उत्कृस्ट खेलाडी छानिए। बिजय टिमलाइ यलम्बरहाङ कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेका थिए। उक्त प्रतियोगिता तिन समुहले खेलेका थिए। मेन टिम, भेटेरेन र सुपर भेटेरेन समुह। सुपर भेटेरेन मेडेस्टोन गोर्खा एफ सि उप बिजेता भए भने इलाम एफ सि बिजय भए, टप स्कोरर सुजित थापा भए भने उत्कृस्ट खेलाडी लेखराज राई दुवै जना इलाम एफ सिबाट बने। भेटेरेन समुहमा उप बिजेता केवाइसी युके वारविकसायर शाखा भए भने धरान ११ ले बिजय हासिल गरे। अत्यधिक गोल Emanual ले गरे भने उत्कृस्ट खेलाडी निराजन खड्का छानिए।
तिन समुहमा बिभाजित फुटबल प्रतियोगितामा जम्मा ३२ टिमले भाग लिएका थिए। प्रमुख अथिती पुर्ब मन्त्री बिजय प्रकाश थेबेलाई लिम्बुहरुको लोक प्रिय च्याब्रुङ नृत्य प्रदर्सन गरि स्वागत गरेका थिए। प्रतियोगितालाई सङ्स्थाका अध्यक्ष कमला लिम्बु र प्रमुख अथिती थेबेले सामुहिक रुपमा दिप प्रजलन गरि प्रतियोगिता उध्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख अथिती थेबे र बिशेष अथिती राइले चुम्लुङ युकेले सन्चालन गर्दै ल्याएको फुटबल प्रतियोगिताले खेलाडिहरुलाइ प्रोत्साहन हौसला मिल्ने शारिरिक मनशिक रुपमा स्वास्थ्य लाभ खेलकुदमा बिकाश हुने चुम्लुङ युकेको सर्हानिय कार्यप्रती हार्दिक धन्यबाद सहित सुभकामना मन्तब्य राखेका थिए। अध्यक्ष कमला लिम्बुले अथिती उपस्थित सम्पुर्ण खेलाडी, दर्सक, प्रतियोगिता सन्चालनमा खटिनु भएका भलेन्टियर्स कार्य समिति सबैलाइ धन्यबाद, बिजेता टीमहरुलाइ हार्दिक बधाइ प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए।
कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा बिशेस अथिती नेपाल आदिबाशी जनजाती महासङ्घ बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश राइ अथितीहरु पाँचथर समाज सेवा युकेकि अध्यक्ष शान्ती लिम्बु, सङ्घिय लोकतान्त्रीक समाजिक मन्च युकेकी अध्यक्ष सर्मिला याक्सो समाजसेवी नरकुमारी लिम्बु, लेफ्टिनेन्ट रिटायर्ड इशवोर आङ्बुहाङ, डा. बिना थेबे, पहिचान मोर्चा युकेका संयोजक देवि तुम्बाहाङ्फे, गैर आवाशिय नेपाली सङ्घ युकेका उपाध्यक्ष झलक थापा, मगर सङ्घ युकेकी निबर्तमान अध्यक्ष सिता पुन, नेपाल पत्रकार मगासङ्घ बेलायत शाखा अध्यक्ष बिमला सेने लिम्बु, समाजसेवी एबम साहित्यकार एकेन्द्र गुरुङ, तमु धी युकेका पुर्व अध्यक्ष राम चन्द्र गुरुङ, सुनुवार समाज युकेका अध्यक्ष अकाश सुनुवार, एन् आर एन ए आइ सि सि सदस्य लिला सेलिङ माबो, सेवारो कलाकार सङ्घ युकेकी अध्यक्ष इन्द्र पङ्धाक इस्पो, थामेन्दिङमा चुम्लुङ युकेकी अध्यक्ष मनमाया नेम्बाङको उपस्थिती रहेको थियो। प्रतियोगिता औपचारिक कार्यक्रम सन्चालन महासचिव बिश्वासदीप तिगेला र सचिव महेश वनेमले सन्चालन गरेका थिए भने प्रतियोगिता सन्चालन उपाध्यक्ष दिपेन्द्र याक्सो निबर्तमान अध्यक्ष नरबिर आङ्बो, भगिरथ जबेगु, जिवन प्यारा, सहकोषाध्यक्ष देउमान पङ्धाकले सन्चालन गरेका थिए। अथिती सत्कारमा उपाध्यक्ष सानु सुब्बा, सहसचिव सकुन नेम्बाङ सदस्य दीपा लिम्बु खटिएका थिए ।
नगेन्द्र नेम्वाङ