आदिवासी

जनजाति महासंघ युकेले आज ४ अगष्ट, ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउदै

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले यही आइतबार ०४ अगस्ट २०२४ को दिन ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ ।

अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा धुमधामकासाथ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने तयारी रहेको नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिव फ्रेम दुराले जानकारी दिनुभयो । दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा संविधानसभा सदस्य तारा राईको प्रमुख आतिथ्यता साथै बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि, एनआरएनए बेलायत र भूतपूर्व गोर्खा सैनिक संगठनका नेतृत्व र बेलायतस्थित जातीयय संगठनहरुको उपस्थिति रहने छ ।

कार्यक्रमको मुख्य उद्देश हरेक वर्ष मनाइने आदिवासी दिवसलाई जारी राख्ने र जसले आदिवासीका हकअधिकार र पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त होस् भन्ने रहेको छ ।

कार्यक्रममा वर्ष पुरुष र वर्ष महिलाको सम्मान, नवनियुक्त कार्यसमिति सदस्यहरुलाई स्वागत र पदस्थापना, नवमनोनीत सल्लाहकारहरुलाई स्वागत तथा बधाई साथै विभिन्न विषय र विधामा सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान र बधाई कार्यक्रम हुने महासंघ बेलायतले जनाएको छ ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक र चलायमान बनाउन विभिन्न नेपाली संस्कार, संस्कृति, कला र सभ्यता झल्किने नृत्य, गीत र झाँकीहरुको पनि प्रदर्शन हुनेछ ।

Related Articles

Back to top button