आदिवासी

युरोप स्तरीय लिम्बुहरुको भेटघाट तथा भेला पोर्चुगलको राजधानी लिस्बोनमा हुदै


लिस्बोन,
१८ जुलाई २०२५ । युरोपका विभिन्न मुलुकमा छरिएर रहेका याक्थुङ (लिम्बु)हरु वीच आपसी भातृत्व विकास र विस्तार गर्न पहिलो पटक युरोप स्तरीय याक्थुङ भेटघाटको आयोजना गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ (कियाचु) बेल्जियमका अध्यक्ष वदन योङहाङ, कियाचु जर्मनीका अध्यक्ष सन्चमान जबेगु र कियाचु पोर्चुगलको अध्यक्ष रुकमान केरुङद्धारा गरिएको पत्राचारमा सो कुरा जनाईएको हो ।

यस बर्षको आयोजक मुलुक पोर्चुगलका अध्यक्ष केरुङका अनुसार यहि २७ जुलाई २०२५ को दिन पोर्चुगलको राजधानी लिस्बोनमा युरोपको विभिन्न मुलुकमा गठनभई अस्तित्वमा रहेका किरात याक्थुङ चुम्लुङको पदाधिकारी एवं प्रतिनिधिहरुको उपस्थिती रहनेछ । यो भेलाको मुख्य उद्देश्य आपसमा परिचय गराउने र सम्भावित सहकार्यको खोजी गर्नुभएकोले चुम्लुङकै प्रतिनिधि नभई स्वतन्त्र याक्थुङ जो कोही पनि सहभागिता जनाउन सक्ने जनाईएको छ । सो दिन अग्रज ब्यक्तित्वसँग लिम्बुवान प्राज्ञिक बहस पहिलो श्रृखला पनि संचालन हुने जनाईएको छ ।

दोस्रो दिन किरात याक्थुङ चुम्लुङ पोर्चुगलको नियमित बार्षिक भेटघाट तथा सिसेक्पा तङनामको कार्यक्रममा सहभागी जनाउने कार्यक्रम रहेको छ । तेस्रो दिन लिस्बोन शहरमा सामुहिक भ्रमण तथा विदाई रहेको जनाईएको छ । बर्षमा एकपटक युरोपमा रहेका लिम्बुहरु बीच भेटघाट गर्ने उद्देश्य रहेको र अर्को बर्ष बेल्जियम वा जर्मनी वा कतै गर्न सकिने जनाईएको छ । एक देश देखि अर्को देश भ्रमणको लागि सहजताको निमित्त यो बर्ष पोर्चुगलमा पहिलो भेलाको आयोजना गरिएको आयोजकले बताएका छन ।

Related Articles

Back to top button