युके विशेष

हेर्ने कथाकी विद्या र कमललाई आसफोर्डमा प्रश्नैप्रश्नको माया र हेर्ने कथाको नयाँ अंक प्रर्दशन

गत ९ मे २०२४ का दिन हेर्ने कथाको नयाँ अंक युकेको आसफोर्ड टाउनमा प्रर्दशन भयो ।

बालक हराएको सूचना नामक नयाँ अंक प्रदर्शन गरिएको हो । प्रदर्शन लगतै हेर्ने कथाकी प्रस्तोता विद्या चापागाई र कमल लामिछानेसँग रोचक अन्तरक्रिया गरिएको थियो ।

क्यान्टवरी, ब्रोडस्टेयर्स, फोक्स्टोन, मेडस्टोन, ब्राइटन र आसफार्डवासीहरुको सहभागिता रहेको सो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रममा अत्यधिक सहभागिता रहेको थियो । सहभागीहरुले हेर्नेकथाको निमित्त कस्तो पात्र छान्नुहुन्छ? कसरी छान्नुहुन्छ? कति दुःख र चुनौतीहरु आउछन आदिको बारेमा सोधेका थिए भने केही सहभागीले राम्रो स्तरको डकुमेन्ट्री उत्पादन गर्नुभयो भनी आभार प्रकट गरेका थिए ।

कार्यक्रम अनौपचारिक रुपमा संचालन भएको थियो । गोर्खा सगरमाथा नेपलिज कम्युनिटीका अध्यक्ष डम्बर सिंगक, गोर्खा पीस फाउन्डेशनका अध्यक्ष भिम तुम्बाहाम्फे, गायक गंगाराज राई लगायत करिब २ दर्जन सहभागीहरुले प्रश्न गरेका थिए भने केहीले सुझाव दिएका थिए ।

डकुमेन्ट्री प्रदर्शन र अन्तरक्रियाको मध्यस्थता एवं संचालन विश्वास दीप तिगेलाले गरेका थिए । हेर्नेकथा टिमलाई माया गरेर स्वच्छाले करिब एक हजार एकसय पाउण्ड उठेको थियो ।

Related Articles

Leave a Reply

Back to top button