जी आर एन सीयुकेको त्रैमासिक बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा बृहत् छलफल

लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको त्रैमासिक बैठक सम्पन्न भएको छ ।
गत २७ जुलाईमा जीआरएनसीको आफ्नै कार्यालयमा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गर्दै निर्णयहरू पारित गरेको छ।
अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा भएको बैठक महासचिव सुनिल राना मगरले सन्चालन गरेका थिए। बैठकमा नयाँ कार्य समितिका सदस्यहरु तथा सल्लाहकारहरूलाई स्वागत गरिएको थियो । संस्थापक अध्यक्ष राजकुमार सुब्बा, पूर्वअध्यक्षहरू मेजर टिकेन्द्र दल देवान जेपी, जीव बेल्वासे, ओम थापा काउचा, रामधन राई, ट्रष्टिहरु ग्यारी घले, हित काजी गुरुङ, जिएमपि ट्रष्टिहरु खिम गौचन, ताम धेंगा, टोप पल्लि, काउन्सिलर धन सार्की, पुर्व काउन्सिलर नेम थापा, नेफिनका अध्यक्ष योगेश कोयु राई , वाचस्पती रेग्मी, एसियन महिलाका अध्यक्ष कल्पना गुरुङ, बाग्लुङ समाजका पुर्व अध्यक्ष छवि माया पुन, पांचथर समाजका अध्यक्ष शान्ति लिम्बू, एम्पाएर हलका पुरन गिरी, शेर सुनार, गोर्खा मिडियाका प्रबन्धक मिलन तमु, एभरेष्ट टाईम्सका नगेन्द्र नेम्बाङ, बरिष्ठ उपाध्यक्ष उत्तर गुरुङ, उपाध्यक्ष डा. बिशाल गुरुङ, जित मेयाङबो, कार्यसमिति लगायत ५० भन्दा बढि ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
विक्रम सम्वत् २०८२ साल नयाँ वर्ष र वेल्लेसी गार्डेनको बारेमा उपाध्यक्ष डा. विशाल गुरुङले जानकारी गराएका थिए भने संस्थाका विभिन्न गतिविधिमा नेपाली कक्षाको विगत र भविष्य पठनपाठनको बारेमा जानकारी गोमा रानाले, नृत्य कक्षाहरूको बारेमा दिनेश गुरुङले जानकारी गराइएका थिए। आउदै गरेको भाबी कार्यक्रम १५ अगस्तमा भिजॆ दे , नेपाल लाइ अँध्यारो बाट उन्मुक्ति दिएर ऊज्यलो तर्फ लैजाने नेपालको तारा कुलमान घिसिङ्ग ज्युको समानार्थ रात्री भॊजमा अनि बर्सेनि हुने तमुधि युकेको नेपाली मेलामा सहभागी हुनको लागि सबैलाई बिनम्र आग्रह गरिएको थियो।
उक्त बैठकले कार्य समितिको विभिन्न रिक्त पदमा नियुक्त गर्दै उपाध्यक्ष पदमा अनिता राई, कोषाध्यक्ष-२ मा भाइराजा थापा र सदस्यमा थानकुमान नाल्वोलाई नियुक्त गरिएको छ।
सस्थाको विभिन्न गतिविधिमा कोषाध्यक्ष मिलन रोकाले ज्यानुअरी देखि जुलाई सम्मको आयव्यय छर्लंग पारेका थिए भने च्यारिटीको सीआईओ कन्स्टिच्युसन र सीआईओ दर्ता गर्ने प्रक्रियामा रहेको साथै सस्थाको बिधान संशोधनको लागि छिट्टै नै समिति गठन गरि आउने अधिबेसन बाट पारित गर्ने निर्णय पारित भएको छ। कनेक्ट टुगेदर र RNRC को छोटो गतिबिधि महासचिवले दिएको थियो भने असिस्टेन्ट प्रोजेक्ट मेनेजर सञ्जय राईले जीआरएनसीको नया वेबसाइटको बारेमा जानकारी गराउंदै छिट्टै नै लन्च गर्ने पनि जानकारी गराएका थिए।
अन्त्यमा अध्यक्ष माबोले उपस्थित सबैलाई धन्यवाद दिँदै, यसरी नै सस्थालाई अगाडि बढाउन सहयोग गर्नुहुने प्रति आभार प्रकट गर्दै आगामी बैठक २४ अक्टोवरमा बस्ने जानकारी सहित बैठक समापन गरेकी थिइन् ।




