युके विशेष

एनआरएनए कपबारे पत्रकार सम्मेलन: पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान

गोमा राना,

लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित अध्यक्ष विमला सेने नेतृत्वको  नेपाल पत्रकार महासंघ बेलायतको नयां  कार्यसमितिलाई सम्मान गरेको छ ।

गत २८ जुलाई २०२४, आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना, बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेटा, पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गरिएको थियो।

पत्रकार महासंघ यूकेका अध्यक्ष सेनेले विशेष सम्मान गरेकोमा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गरिन् ।

अध्यक्ष सेनेले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसंग सहकार्य गर्ने समेत जनाइन् । 

प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयां कार्यसमितिलाई बधाई दिंदै अझ बढी खोज, अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न शुभकामना दिए । उनले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा  जो सुकैले भ्रम फैलाउने कोशिस गरेपनि त्यसमा विश्वास नगर्न समुदाय समक्ष अपिल गरे । 

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भएपनि संघ अब पत्रकार महासंघ, बेलायतको नयां कार्यसमितिसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्दै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।   

एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा नेपालबाट आएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाएका थिए । 

दोस्रो चरणमा, पहिलोपटक  एनआरएनए यूके कप अगष्ट ३ तारिख फेल्थाम लन्डनमा गर्न लागिएको बारे पत्रकार सम्मेलन भएको थियो।
पहिलो र दोस्रो पुस्तालाइ एकापसमा भेट्ने वातावरण सु- अवसर जुटाइदिने, नयाँ युवाहरुलाइ स्वस्थ र फिट् रहन  खेलकुद महत्वोपुर्ण भएकोले युवाहरूलाई  प्रोत्साहन दिनको लागि एनआरएनए कपको आयोजना गरेकोमा विभिन्न संघ सस्थाबाट  सकारात्मक प्रतिक्रिया र सहयोग गरेकोमा अध्यक्ष प्रेम गाहा मगर कृतज्ञता जाहेर गरेका थिए भने कार्यक्रमको लागि गर्नु पर्ने सबै बन्दोबस्त पुर्व तयारी अवस्थामा रहेको बताएका छन् । सस्था तथा ब्यक्तिगत रुपले आर्थिक सहयोग गर्ने सम्पुर्ण  प्रायोजकलाइ धन्यवाद दिएका छन।

Related Articles

Back to top button