युके विशेष

लेडिज रमझम च्यारिटी नाईटमा दिदिबहिनीहरु भरिपुर्ण मनोरञ्जन

लण्डन,
हरेक वर्ष जस्तै यो वर्ष पनि १६ मार्च २०२४ शनिबारको साँझ सम्पुर्ण दिदीबहिनी भान्जीहरुले, लेडिज रमझम च्यारिटी नााईटमा अत्यन्तै मनोरञ्जन गरे । युनाइटेड ह्याम्पशेयर, सर्रे बर्कशायर (यु एच एस बि शाखा मगर संघ युके) का महिला समितिले आयोजना गरेको कार्यक्रम रहेको थियो ।

कार्यक्रम अध्यक्ष धन रोका,भीमा ढेंगा, शान्ति थापा, नरमती पुन, छबीमाया पुन, जमुना पुनले पानसमा दिप प्रज्वलन गरि शुभारम्भ भएको थियो

लेडिज रमझम नाईट २००७ साल देखि अहिले सम्म निरन्तर रुपमा भइ रहेकोमा कोभिड 19को विषम परिस्थितिमा मात्र हुन सकेको थिएन। शुरुमा यो कार्यक्रमको मुख्य उद्देश्य दिदिबहिनीहरु ( सबै उमेरका) जम्मा भै आ-आफ्नो कला कविता, गीत, नृत्य प्रस्तुत गर्ने भेट्घाट भइ भलाकुसारी, एक आपसमा परिचय, स्वेच्छिक पहिरनमा मनोरञ्जन गर्ने थियो। अहिले आएर सबैजना डिजे मै मनोरञ्जन गर्ने कुरा दिदिबहिनीहरु बताउछन् ।

हरेक बर्षको कार्यक्रमबाट उठेको रकम नेपालमा दिल शोभा ( आमाघर) चर्पी बनाइदिएको, इन्दिरा आमा ( कारागारमा रहेका अभिभावकका बिचल्ली छोराछोरीको हेरचाह) नेपाल मगर महिल संघको अधेबेशनमा, पस्चिमान्चल प्रसुती गृह, दीक्षा चापागाईं( बृद्ध तथा बालबालिकाको हेरचाह ) अनुराधा कोइराला( माइती नेपाल ) पश्चिम नेपाल खानेपानी प्रबन्ध, गिभिना मगर ( सामाजिक अभियन्ता), जुनु पुन (समाजसेवी) अल्डर्शटमा भिसी कुलबिर थापाको स्ट्याचु बनााउन, त्यस्तै बेलायतमा फ्रीम्ली पार्क हस्पिटल क्यान्सर रिसर्चमा र फार्नहाम हस्पिसमा सहयोग गरिसकेको छ।

यस पटक गायक तथा सर्जक प्रसाद खप्तडी जो दुबै मिर्गौला पीडित,२०२०को बिबिसीको १०० जना प्रभावकारी महिलाहरुको छनोटमा परेकी बेवारिसे लासको दाहासस्कार गरिदिने चिहानकी परी सपना रोका र गोर्खा वुमन एन इको इन द स्टोरीका सस्थापक गोर्खा महिलाहरुको बारेमा अनुसन्धानकर्ता सुजाना थापा श्रीसलाई सहयोग गर्ने भएको छ।

सामुअल कोडी स्पोर्ट्स कलेजमा भएको लेडिज नाईट धना र‍ोकाको अध्यक्षतामा सुमीता थापाले सन्चालन गरेको कार्यक्रम आशा थापाले स्वागत मन्तब्य र गोमा रानाले स्थापना कालदेखि हाल सम्म गरेका गतिविधिको साथ शुभकामना मन्तव्य राखेकी थिईन।

Related Articles

Leave a Reply

Back to top button