युके विशेष

परोपकारी कार्यमा आसफोर्डका नेपाली महिलाहरू जुटदै

– दिपा लिम्बू राई

गत २१ स्प्टेम्बर २०२४, शनिबारका दिन नेप्लिज लेडिज ग्रुप आस्फोर्ड (N.L.G) यूकेले आस्फोर्ड स्थित सगरमाथा टाउन हलमा कफी मर्निङ्ग च्यारिटी कार्यक्रम आयोजना गरयो ।

संस्थाका अध्यक्ष जया राईले कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई एक मुष्ट धन्यवाद ब्यक्त गर्नु भयो । नेप्लिज लेडिज ग्रुपले नेपालमा पढिरहेको र पढ्ने इच्छा हुदाहुदै पनि आर्थिक अभावमा परेका अनाथ – असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा टेवा पुगोस् भनेर च्यारिटी कफी मर्निङ्ग आयोजना गरिएको वताउनु भयो ।

कार्यक्रमबाट प्राप्त रकम ९६० पाउण्ड अविभावक बिहिन बालिका अविना सुनुवारको पढाइ खर्चको लागि नेपाल पठाउने वताउनु भयो । केहि समयदेखि अविनाको पढाई खर्च नेप्लिज लेडिज ग्रुपले दिदै आइरहेको छ ।

कार्यक्रममा संस्थाका सदस्यहरूले स्वस्फुर्त ढंगले चिया, कफी, जुस लगायत स्वादिष्ट नेपाली परिकारहरुको प्रायोजन गरिएको थियो । यसैगरी सहभागीहरूलाई उत्साहित गर्न भाग्यचिट्ठा (राफल ड्र) अन्तर्गत पहिलो विजेता देवकी चोङबाङ, दोस्रो धनमाया राई र तेस्रो मिनी राईले आकर्षक उपहारहरू प्राप्त गरेका थिए । भाग्यचिट्ठा (राफल ड्र) कार्यक्रम लेडिज ग्रुप युकेको सदस्य मेरी राईले सञ्चालन गरेकी थिइन् । उक्त कार्यक्रम आयोजनाको लागि सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका अध्यक्ष डम्बर सिंघक लिम्बूले हल निःशुल्क उपलब्ध गराएका थिए ।

सन् २०१६ सालमा गठित नेप्लिज लेडिज ग्रुपमा १७ जना सदस्यहरू रहेका छन् भने उनीहरूले हरेक महिना सदस्यहरुबाट पाच पाउण्ड रकम संस्थामा जम्मा गर्ने गरेका छन् । अहिलेसम्म नेपालको ६० भन्दा बढी असाहय वालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ ।

हरेक तीन/तीन महिनाको अन्तरालमा नेप्लिज लेडिज ग्रुपले उदेश्यमूलक कफी मर्निङ्ग गर्दै आइरहेको उक्त संस्थाको संस्थापक सदस्य रेवन्ती देवानले बताइन् ।

Related Articles

Back to top button