युके विशेष

गोर्खा सैनिक महिलाहरुको अनुसन्धानकर्ता सुजानालाई युकेमा स्वागत

फेब्रुअरी २२ सन् २०२४ बिहिवारको साँझ सुजना थापा श्रीस जो क्रियटिभ अार्टकी सस्थापक, चित्रकार  पत्रकार लन्डन  आईपुगेकी छिन्।

पहिलो, दोस्रो विश्व युद्दमा वीर गति प्राप्त २०० बर्ष भन्दा पहिले देखि कार्यरत बिश्व चर्चित  बहादुरी गोर्खा सैनिकको नाम इतिहास देखि बर्तमान सम्म  पढ्दै र सुन्दै आइरहेका छौ, तर वहाँहरुका श्रीमती जस्ले आफ्नो श्रीमानको अनुपस्थितिमा पनि घर परिवार बाल बच्चाको हेरचाह गर्नुको साथै आफ्नो जीवन यापनमा  महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै अनेकौं संघर्ष  भोगेका महिलाहरुको कुरा ओझेलमा परेको हो कि भनि अनुसन्धान गरिरहेकी छिन् ।

  पहिलेका गोर्खा महिलाहरु साक्षार  नभएको अहिलेको जस्तो सुचना प्रवाह गर्ने कुनै माध्यमको सुबिधा पनि नभएको स्थितिमा कलिलो उमेरमा विवाह पश्चात् श्रीमान सङ्गको अलग बसाई, कतिजना त फर्केर पनि आएनन् ।यस्तो परिस्थितिमा गोर्खा महिलाको कथा कस्ले सोध्ने कस्ले सुन्ने ?
  
  श्रीस सन्  २०१८ देखि गोर्खा महिलाहरु ७० बर्ष भन्दा माथिका आमाहरुले लडाइँ कसरी देख्नु भयो भनि  मनमा सोच राख्दै गर्दा २०२० देखि रिसर्च गर्न शुरु गरेकी श्रीसले हाल आएर गोर्खा महिलाहरुको पहिरन वहाँहरुले प्रयोग गरेका साधन, उपकरण जीवन यापन सबै चित्रात्मक रुपमा उतारेर विशाल प्रदर्शन गरि सकेकी छिन र अझ बिस्तृत रुपमा गहन खोजकै लागि बेलायत आएको कुरा बताएकी छिन् ।

   बेलायत आएको अवसरमा विभिन्न ठाँउमा गएर दिदीबहिनी आमाहरुसङ्ग प्रत्येक्ष भेट् भलाकुसारी गरेर अनुसन्धान गर्ने लुकेका कथाहरुको खोज,साथै  गैर आवासीय नेपाली  संघ एन आर एन युकेले मार्च ३ तारिख आइतबारको दिन अन्तरास्ट्रिय महिला दिवसको अवसरमा विशेष अतिथिको निमन्त्रणा पनि पाइसकेकी छिन् । यस्तै मार्च १० तारिख आइतबार ग्रेटर रश्मोर नेपाली कमिटीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्फर्मेसन डे राखेकोमा श्रीसको उपस्थिति हुनेछ भने मार्च ८ मा अन्तरास्ट्रिय महिला दिवसकै अवसरमा आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, आदिवासी युवा महासंघ साथै आदिवासी जनजाति लेखक तथा साहित्य महासंघको संयुक्त रुपमा गोल्डेन सीप रेस्टुरेन्टमा अन्तर्कृयामा पनि अतिथिको रुपमा सहभागी हुने छिन् ।

यस्को साथै  २ महिना सम्म युकेको बसाइमा स्थानीय ब्रिटिस भेट्रानहरुले पनि कार्यक्रम राख्ने कुरा गोर्खा टास्क फोर्स प्रमुख सम्योजक ओम थापा काउचा मगर बताउनु हुन्छ।

वहाँको आगमनमा स्वागतको लागि लन्डन हिथ्रो एअरपोर्टमा एनआरएनएका अध्यक्ष प्रेम गाहा मगर, आइसीसीका उपाध्यक्ष थर्क सेन, प्रमुख सल्लाहकार डेबिड गुरुङ, सल्लाहकार ओम थापा,लिला सेलिङ माबो, सुमन पुन लगायतका विभिन्न ब्यक्तिहरु थिए भने लन्डन नेपाल न्युजले प्रत्येक्ष प्रशारण गरेको थियो।

Related Articles

Leave a Reply

Back to top button