स्याङ्जा समाज यूकेको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

फ़ार्नबोरो यूके, २० जुन २०२६ स्याङ्जा समाज यूकेद्वारा आयोजित भेटघाट तथा सम्मान कार्यक्रम (BBQ) ग्रेंज कम्युनिटी जुनियर स्कूलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमले यूकेमा रहेका स्याङ्जाबासी समुदायबीच एकता, मित्रता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको संयोजक उपादक्ष भीम गुरुङले जानकारी दिएका छन ।
कार्यक्रम बिहान १२:०० बजेबाट सुरु भई विभिन्न औपचारिक तथा सांस्कृतिक गतिविधिसहित साँझसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लेफ्टिनेन्ट कर्नेल देबेन्द्र आले, लेफ्टिनेन्ट कर्नेल राजकुमार मल्ल तथा मेजर एमभीओ पेट्रोन कुमार गुरुङको आतिथ्यमा रहेको थियो ।
समाजका अध्यक्ष रूपा गुरुङ तथा पदाधिकारीहरूले अतिथिहरूलाई स्वागत गर्दै प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणमा समुदायको योगदान महत्वपूर्ण रहेको बताएका थिए। कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।
बेलायतको विभिन्न ठाउमा बसोबास गर्नु हुने जतिपनि स्याङ्जाबासीहरुलाइ एकै सुत्रमा बाध्ने र एकाअर्कालाई सहयोग भलाकुसारी गर्नुको साथै नेपालमा स्याङ्जा जिल्लामा केही आपत बिपत्ति र विकास लगायत अन्य परेको खण्डमा सहयोग गर्नुको मुख्य उद्देश्यले स्याङ्जा समाजको स्थापना भएको सस्थापक अध्यक्ष सारदा गुरुङले जानकारी साथै यो सस्था अझ बृहत् बनाउन शुभकामना दिएका थिए । प्रमुख अतिथिहरू लगायत ट्रस्टी मेजर कुमार गुरुङ, स्यांगजा आईसीसीका डेबिड गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
भेटघाट कार्यक्रमअन्तर्गत स्वागत मन्तव्य, सम्मान समारोह, शुभकामना आदानप्रदान तथा सामुदायिक छलफलका कार्यक्रम सम्पन्न भएको थियो,त्यसपछि सहभागीहरूले घमाइलो मौसममा BBQ भोजनको स्वाद लिँदै आपसी सम्बन्ध सुदृढ गर्ने अवसर प्राप्त गरेका थिए।
कार्यक्रमको अर्को आकर्षण सांस्कृतिक प्रस्तुति रह्यो। नेपाली गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।नेपाल देखि आउनु भएको राष्ट्रिय वरिष्ठ कलाकार शर्मिला गुरुंग, नृत्यकार अस्मिता राना लगायत अन्य कलाकारको बेजोड़ प्रस्तुती रहेको थियो ।
प्रमुख अतिथिहरूले स्याङ्जा समाज यूकेले यस्ता कार्यक्रमहरूको आयोजना गरेर प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नयाँ पुस्तामा नेपाली संस्कृति हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरि शुभकामना मंतव्य राखेका थिए । अतिथि हरूमा विभिन्न संघ सस्था तमुधि यूके, मगर संघ यूके, सोपाल समाज, कागसे लगायतका दर्जनौको उपस्थिति रहेको थियो ।
अन्त्यमा संयोजक र अध्यक्ष रूपा गुरुङले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रायोजकहरू पहिलो पुरस्कार सुनको तिलहरी (दीप ज्वेलर्स ), लुम्बिनी बुटीक ( दोसरो पुरस्कार), मिनी मार्केट, तीर्थंन कलेक्शन, कृष्ण ज्वेलर्स तमुधी आदर्श अवार्ड लगायात
अतिथि तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
एकता, मित्रता र सांस्कृतिक पहिचानका लागि सामूहिक उत्सव भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमले यूकेस्थित नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।




