युके विशेषसमाचार

विनेसाम पश्चिम् शाखा बेलायतले जुलाइ ६ तारिख भानु जयन्ती मनाउने

गोमा राना

  जुन २५ तारिख २०२४ मंगलबारको सांझ  विस्व नेपाली साहित्य महासंघ  बेलायत पश्चिम शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा  अौपचारिक बैठक सम्पन्न भएको छ।
    बैठकमा अागामी हुने आदिकवि भानुभक्त जयन्ती कार्यक्रमको बारेमा बृहत छलफल भएको छ।

आदिकवि  भानुभक्त जयन्ती आजको सन्दर्भ थिममा रहेर कार्यक्रम ३ घण्टाको अवधीमा  सक्ने गरि बिहानको ११.३० सुरू गरेर २.३० भित्र समापन गर्ने सर्बसमितिबाट पारित भएको छ।

प्रमुख अतिथि डा. गोबिन्दराज भट्टराई,  विशेष अतिथि विनेसाम केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, महासचिव सुनिता कन्दङ्वा राई, केन्द्रका सदस्य विनेसाम दक्षिण शाखाका निवर्तमान अध्यक्ष विजय हितान  लगायत  विभिन्न साहित्यकारहरुको उपस्थिति रहने सचिब शान्ति लिम्बुले जानकारी दिएकी छिन् ।
  
   बिनेसाम केन्द्रको आजिबन सदस्य र संरक्षक बनिनको लागि  जुन २९ भित्र नाम सङ्कलन गरि  केन्द्रमा नामावली बुझाउन समेत छलफल भएको थियो।

हालै प्रकाशित पुस्तक, शाखाकी सचिब शान्ति लिम्बुको कस्तुरी यात्रा संग्रहको समिक्षा  डा. गोबिन्द राज भट्टराई र डा. सुमाया राईले गर्ने भएको छ।

लाल सुन्दर राइको अध्यक्षतामा सचिब  शान्ति लिम्बुले सन्चालन गरेको बैठकमा संरक्षक : डा. सुमाया राई, सह सचिब हरि राइ, मेडिया सम्योजक, गोमा राना,सदस्य रघु भन्डारी, गंगा भन्डारी,लिला सेलिङ माबो, देवी आले लगायतका सद्स्यहरुको उपस्थिति रहेको थियो।

Related Articles

Back to top button