आदिवासीयुके विशेष

केवाईसी ग्रेटर लण्डन सिनियर साखाको अध्यक्षमा कुल केशर लिम्वु निर्वाचित

लण्डन,
लिम्बुको जातिय संस्था किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन सिनियर साखाको अध्यक्षमा कुल केशर लिम्वु सर्वसम्मत चयन भएका छन ।

गत १८ अगष्ट २०२४ का दिन, आईतवार फेल्थाम स्थीत स्प्रिङवेस्ट एकेडमिको सभाहलमा सम्पन्न साखाको छैठौ अधिवेशनले लिम्वुको नेतृत्वमा २१ सदस्यरहेको कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा हेम तुम्वापो र दिपेन्द्र लक्सम, महिला उपाध्यक्ष सुष्मिता कन्दङवा,सचिव पदम वहादुर चोङवाङ, सहसचिव विश्वराज सेनेहाङ, कोषाध्यक्ष दिपेन्द्र लिम्वु र सहकोषाध्यक्ष प्रभात याङहिङवा चयन भएका छन । त्यसै गरि सदस्यहरुमा प्रभा खापुङ, रेखा लिम्वु, युवराज फागु चोङवाङ, सुमिना फालेच्छा, राजेश पायल लिम्वु , खगेन्द्र चोङवाङ, सोमिया जेवेगु, सिखा फीयाक र सिता राई आङदेम्वे चयन भएका छन। विभागिय प्रमुखको रुपमा दुर्गा वोख्खिम प्रोपर्टी विभाग, कृष्ण प्रसाद लिङदेन जनसम्पर्क विभाग, कला चेम्जोङ र प्रज्ञा लावुङ कला तथा सस्कृति विभाग चुनिएका छन ।

शाखाका अध्यक्ष चन्द्र लिङदेनको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष कुल केशर लिम्वुले स्वागत मन्तव्य दिएका थिए भने सचिव दिपेन्द्र लक्समले कार्यक्रम सचालन गरेका थिए । प्रमुख अतिथिको रुपमा उपस्थित भएका केन्द्रिय सल्लाहकार ईश्वर आङवोहाङले कार्यक्रमको उद्धघाटन गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा साखालाई विशेष सहयोग पुरयाए वापद सदस्य सिल्लीमाया एभेङलाई विषेश सम्मान गरिएको थियो ।

अधिवेशनको दोश्रो सत्रमा सहसचिव दिपेन्द्र लक्समले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मणी एभेङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । छत्र सीं तेयुङ संयोजक रहेको निर्वाचन समितिमा सदस्य सचिव पुर्ण फाल्लेच्छा र सदस्यमा विना इंनाम रहेका थिए ।

वेलातमा रहेका लिम्वु (याक्थुङ) जातिहरुको साझां सस्था किरात याक्थुङ चुम्लुङ युकेको स्थापना सन २००३ मा भएको हो । यसको हाल सम्म १६ वटा साखाहरु कृयशिल रहेका छन।

– विमला सेने

Related Articles

Back to top button