प्रवासमनोरञ्जनयुके विशेष

मगरसंघ युके केन्ट शाखाको २०औ बार्षिक उत्सव माघे सक्रान्ति भब्य रुपमा सम्पन्न

बेलायत। मगर संघ युके केन्ट शाखाले २०औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। बेलायतको मेडस्टोनस्थित ‘मोट हल’ मा आयोजित उक्त विशेष कार्यक्रममा चर्चित गायिका तथा मोडल निरा थापा मगरको विशेष सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई नचाएर मन्त्रमुग्ध पारेको थियो।

कार्यक्रम मगर संघ युके केन्ट शाखाका अध्यक्ष मेजर प्रेम आले मगर MVO को अध्यक्षतामा सम्पन्न भएको मेडस्टोन केन्टका मेयर मार्टिन राउण्ड प्रमुख अतिथि र मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। केन्ट शाखाले २०औँ वार्षिकोत्सवको अवसर पारी पहिलो पटक मगर संघ युके केन्द्रका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरूलाई पनि आमन्त्रित गरेका थिए।

समारोहमा अध्यक्ष आले मगरले दिवङ्गत दुई सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गराउनुभएको थियो।

प्रमुख अतिथि, बिशेष अतिथिहरुले संस्थालाई २०औँ वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो भने पण्डित प्रेम प्रसाद गैरेले मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्तिको महत्त्वमाथि प्रकाश पार्दै मगर गीतले थप आकर्षक पारेको थियो।

मगर संघ युके केन्ट शाखाका अध्यक्ष मेजर आले मगर MVO को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष रिम काउचा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो। औपचारिक कार्यक्रमको सञ्चालन सचिव बिनम राना मगरले गर्नुभएको थियो भने सह-सचिव भीम पुन मगरले सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो।

कार्यक्रममा मगर संघ युकेका तथा केन्ट शाखाका संस्थापक अध्यक्षहरू, पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्षहरू, गोर्खा ब्रिगेडका अवकाशप्राप्त तथा सेवारत अधिकृतहरू, गोर्खा ईन्जिनियरका सदस्यहरु बिएफबिएस गोर्खा रेडियोका स्टाफहरु, पत्रकारहरु लगायत मगर तथा गैर-मगर समुदायको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको दोश्रो चरणमा शाखाका सदस्य लगायत युवाहरु जस्ले उच्च शिक्षा वा उल्यखनिय काम गरेकाहरुलाई अध्यक्ष र प्रमुख अतिथिबाट सम्मान र प्रमाणपत्र बितरण गरेका थिए।

सांस्कृतिक चरणमा प्रकाश मगर र शारदा पुन मगरले राफल ड्र र टम्बोला सञ्चालन साथै डिजे गंगाराज राईले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो। दिपक बुढा मगर र जस थापा मगरले अतिथिहरुलाई स्वागत गरि सक्रिय भूमिका निभाउनुभएको थियो।

कार्यक्रमको अन्तिम चरणमा नेपालदेखि आउनुभएको चर्चित गायिका निरा थापा मगरको बजोड प्रस्तुतिले दर्शकहरु सबैको मन जितेर नाच्नमा तल्लिन भई अन्त्य सम्म पनि हल छोड्न नसक्ने अत्यन्तै रमाईलो माहोल बनाएकी थिईन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष आले मगरले कार्यक्रम सफल पार्न प्रतयक्ष परोक्ष सहयोग गर्नु हुने सबै र उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Related Articles

Back to top button