युके विशेष

किरात याक्थुङ चुम्लुङ युकेले लिम्बुहरुको मुख्यचाड चासोक तङनाम भब्यतापूर्वक मनायो

गत २१ डिसेम्बर २०२४ का दिन किरात याक्थुङ चुम्लुङ युकेले लिम्बुहरुको मुख्यचाड चासोक तङनाम भब्यतापूर्वक मनाएका छन् ।

नेपालबाट आमन्त्रित गायक ब्रविण शेर्मा, गायिकाद्धय अमृता सम्बाहाम्फे र गंगा फियाकको लिम्बु भाषाका गीतसंगीत सहित चासोक तङनामको शुभ कामना साटासाट गरि तङनाम मनाएका हुन । किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्धारा आफ्नै भवन चुम्लुङदेनमा आयोजित कार्यक्रममा पहिलो चरणमा किरात सत्यहाँङ विधिबाट धर्मगुरु/सेवासावाहरुबाट मुजोलुङ खडागरि हाँङसाम युमा हिममाङ हाँङसाम थेबा र अक्वामा मुन्धम वाचनगरि चासोक तङनाम अर्थात न्वागी पुजा गरेका थिए । सेवासावा रामसिं थेवे, मंगलसिं लिङदेन, आसा थेवे, गंगा योङहाँङ, टेक बहादु माबो लगायतले पुजाअर्चना गरेका थिए ।

दोस्रो चरणको कार्यक्रमको शुरुवात चासोक तङनाम कार्यक्रमका संयोजक तथा उपाध्यक्ष राजेन लाबुङले सवैलाई स्वागत गरेका थिए । सचिव महेश बनेमले आपतकालिन सुरक्षाको बारेमा बताए, उपाध्यक्ष सानु सुब्बाले लिम्बु लिपीको पूर्नजागरणकर्ता सिरिजंगाको जीबनीबारे संक्षिप्त जानकारी गराएका थिए भने युन्छा चुम्भोका अध्यक्ष हाँङमा लावतीले चासोक तङनामको बारेमा जानकारी गराईन ।

अन्य जातिय संस्थाका प्रतिनिधीहरुको तर्फबाट सम्बोधन गर्दै किरात राई यायोख्खा युकेको उपाध्यक्ष ईश्वर चाम्लिङले आपसमा संवाद, सहकार्य र साथसहयोग गरि अघि बढनुपर्ने विचार राखे ।

किरात याक्थुङ चुम्लुङ युकेलाई बिशेष योगदान गर्दै आउनु भएका रिटायर्ड मेजर चितराज हुक्पा चोङवाङलाई विशेष आभारपत्र सहित अध्यक्ष कमला लिम्बुले सम्मान गरिन त्यस्तै गरि निवर्तमान १० औं कार्यसमितिका पदाधिकारीहरुलाई पनि धन्यवादपत्र प्रदान गरिएको थियो ।

कियाचु युकेलाई समाजसेवी सूर्य खापुङबाट सौजन्य प्राप्त जिसिएसईमा उत्कृष्ट अंक ल्याउनेलाई प्रोत्साहन स्वरुप प्रदान गरिने जिसीएसई रंनिङ शिल्ड यसबर्ष क्यान्टवरीका नोयन लिम्बुलाई नगद ५० पाउण्ड सहित सौजन्यकर्ता खापुङको हातबाट हस्तान्तरण गरियो । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता अध्यक्ष कमला लिम्बुले गरेकी थिइन ।

तेस्रो चरणको कार्यक्रम अन्तर्गत राफल ड्र उपाध्यक्ष दिपेन्द्र यक्सो, सचिव वनेमले संचालन गरेलगतै सांस्कृतिक विभाग प्रमुख भक्ति आङदेम्बेको नेतृत्वमा मनोरन्जनको कार्यक्रम संचालन भयो । चर्चित हाक्पारे साम्लोकी गायिका गंगा फियाकले पालाम मार्फत माहोललाई तताईन, अर्की चर्चित गायिका अमृता सम्बाहाम्फेले आफ्नै लोकप्रिय गीत प्रस्तुतगरि सबैलाई नचाइन र मुन्धुमी गायक तथा अभियन्ता ब्रविण शेर्माले लिम्बु भाषाका गीत र पहिचानवादी गीत मार्फत भरपुर मनोरन्जन गराएका थिए । कार्यक्रमको अन्तमा चुम्लुङ युकेको तर्फबाट कलाकारहरुलाई हुक्वा प्रदान गरिएको थियो । बिहान देखि संचालन भएको कार्यक्रम साँझ ५ बजे समापन भयोे ।

सन् २००३ मा युकेमा स्थापित लिम्बु जातिय उत्थान संस्था किरात याक्थुङ चुम्लुङको विभिन्न क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा रहेका छन भने युकेमा करिब २० हजार भन्दा धेरै लिम्बुहरु रहेका छन् र चुम्लुङ आफैले साढे १६ विघा जमिन र भवन युकेको दक्षिणपूर्वी मेडस्टोन शहर नजिक याल्डिङमा सन् २०१८ मा खरिद गरेको छ ।

रि मेजर चितराज हुक्पा चोगवागलाई सम्मानपत्र प्रदान गरिन्दै

Related Articles

Back to top button