युके विशेष

युकेको क्यापटन पार्क रेसकार्षमा नेपाली मेला भब्यतापूर्वक सम्पन्न (पूरा भिडियो सहित)

लण्डन, २५ अगष्ट २०२४ का दिन युकेको क्यापटन पार्क रेसकोर्षमा नेपाली मेला भब्यतापूर्वक सम्पन्न भएको छ ।

तमु धी युकेको आयोजना र नेपाली दुतावास लण्डनको समेत सहयोगमा नेपाली मेलाको १५ औं संस्करण सम्पन्न भएको हो । करिब १० हजारको संख्यामा युकेमा रहेका नेपालीहरु भेला भएर आआफ्नो जातिय भेषभुषा सहित झाँकी र राष्ट्रिय संस्कृतिहरु प्रस्तुत गरेका थिए । करिब ४२ वटा संस्थाहरुले सहभागिता जनाएको आयोजकले बताए ।

Video Link: https://www.facebook.com/nepalisamachar123/videos/1909123266221958
विभिन्न शिर्षकमा प्रतियोगिता गरिएको थियो । विजयीले नगद रासी सहित शिल्ड र मेडलहरु प्राप्त गरे । नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोसन खनालको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । युकेकै स्थानीय साँसद, मेयर, काउन्सिलरहरु समेत अथितिको रुपमा आमन्त्रित थिए ।

मेलाको अवसरमा भएको एम्बास्डर कपमा विजेता पासा पुच गुठी, उपविजेता किरात याक्थुङ चुम्लुङ युके र तेस्रो स्थान किरात राई यायोक्खा युकेले ओगट्न सफल भयो । एम्बाडर कप प्रथम स्थान हासिल गरेको पासा पुच गुठीले ११०० पाउन्ड, दोस्रो कियाचुले ७०० पाउन्ड, तेस्रो किरायाले ५०० पाउन्ड, नगद तथा प्रमाणपत्रलगायत पुरस्कार पाएका छन् । सान्त्वना पुरस्कार भने शेर्पा समाज यूकेले जितेको छ ।

यस्तै उत्कृष्ट झाँकी प्रस्तुत गरी पासा पुच गुठी यूकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड, दोस्रो किरात याक्थुङ चुम्लुङ युकेले ३०० पाउन्ड र किरात राई यायोक्खा यूके तेस्रो स्थान ओगट्दै २०० पाउन्ड पुरस्कार प्राप्त गरेको छ ।

यस नेपाली मेलालाई युकेको सबैभन्दा ठूलो कार्यक्रमको रुपमा लिईन्छ । तमु धी युकेको अध्यक्ष हरि गुरुङको अध्यक्षतामा मेला सम्पन्न भएको थियो । करिब ४३ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको मेलामा यस बर्ष विगत बर्षहरुभन्दा बढिको सहभागिता भएको बताईएको छ ।

Related Articles

Back to top button