मनोरञ्जन

गायक ब्रबिमले ल्याए प्रवासी नेपालीका लागि गीत

२९ नाेभेम्बर, लन्डन । याक्थुङ लिम्बु भाषी र पहिचान पक्षधर गायकको रूपमा चिनिएका गायक ब्रबिम शेर्माले श्रमका लागि विदेशिएका नेपाली युवाप्रति सम्मानभाव प्रकट गर्ने गीत ‘ओ परदेशी साथी’ सार्वजनिक गरेका छन् ।

प्रवासमै रहेका महेन नेम्वाङको शब्द रहेको गीतमा सङ्गीत ब्रबिमकै छ । गीतको लिरिकल भिडियोमा गायक ब्रबिमसहित बाद्यवादक टोलीको फिचर्ड छ । नुमा तुम्रोक र चन्दानुमा शेर्माले निर्माण गरेको भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् । एरेन्ज भने देवेश राईले गरेका छन् ।

भिडियोमा योगेश दाहालले छायाङ्कन र अनिल रानाले सम्पादन तथा भीएफएक्स गरेका छन् । गीतमा कोरस गायन भने विक्रम राई, शाहिल लिम्बु, मणिसुन्दर लिम्बु, अप्सु योगी तथा संगीता रणपहेँलीको छ ।

गायक ब्रबिम भने यतिबेला बेलायतमा छन् । यही ३० नोभेम्बरमा ग्रेज, ७ डिसेम्बरमा वेल्स, १४ डिसेम्बरमा बेजिङ्स्टाेक, २८ डिसेम्बरमा अक्सफोर्ड, २१ डिसेम्बरमा लन्डन, ११ जनवरीमा स्वीडेन, १८ जनवरीमा अक्स्फर्ड, २२ डिसेम्बरमा फेरि लन्डनमा उनको प्रस्तुति तय भएको छ ।

गीत सुन्न र हेर्न यहाँ क्लिक गर्नुहाेस् –

Related Articles

Back to top button